रानीपोखरी पुनर्निर्माण – पुरातत्त्वको बखेडा


काठमाडौँ — रानीपोखरीमा डेढ वर्षअघि विवाद आउँदा पुरातत्त्व विभागले प्रमाण भेटिए प्राचीन शैलीमा पुनर्निर्माण गर्न सकिने बताएको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरले कान्तिपुरसँग भनेका थिए, ‘प्राचीन शैलीको प्रमाण भेटियो भने त्यहीअनुसार निमार्ण गर्न तयार छौं ।’

रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि प्रताप मल्लकै शैलीमा पुनर्निर्माण गर्न सुझाव दिने गरी बनेको विज्ञ समिति सदस्यमा उनै कुँवर समितिमा छानिए । समितिले प्रतिवेदन बुझाउने क्रममा कुँवरसहित पुरातत्त्व विभागका तीन जना सदस्यले हस्ताक्षरै गरेनन् । हस्ताक्षर नगरेपछि कँुवरले भने, ‘यो सांस्कृतिमा आएको परिवर्तन हो । राणाकालमा संस्कृतिमा परिवर्तन आयो । परिवर्तन आएको संस्कृतिलाई स्विकार्नुपर्छ । राणाकालमा आएको सांस्कृतिक परिवर्तनलाई हामीले मास्नु हुँदैन ।’
उनै व्यक्तिका दुईथरी कुरा किन आए भनेर आश्चर्यमा छन् सम्पदाप्रेमी । ‘पहिला पुरातत्त्वले आफूले बनाउने जिम्मा लिएको थिएन । त्यतिबेला यसको निर्माणको जिम्मा महानगरपालिकाले लिएको थियो । महानगरले बनाउने बेलामा चाहिं प्राचीन शैली भन्ने अनि अहिले आफूले बनाउनुपर्ने बेलामा चाहिं सांस्कृतिक परिवर्तन भनेर बखेडा निकाल्ने ?’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘यो सब कमिसनको खेल हो । ठेक्कापट्टाको खेल हो । हामी यो वा त्यो बहानामा सम्पदा मासिन दिंदैनौं । विज्ञले प्रमाणसहित प्रताप मल्लको पालाको स्वरूप दिएको छ । यसलाई पुरातत्त्वले नमानी सुखै छैन । अनेक परिभाषा दियो भन्दैमा हामी पत्याउन तयार छैनौं । विज्ञले दिएकै शैलीमा बनाउन हामी पुरातत्त्व विभागलाई बाध्य बनाउँछौं ।’ रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिं यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको विज्ञ समितिका संयोजक पुरातत्त्व विभागका पूर्वमहार्निदेशक विष्णु कार्कीले जानकारी दिए । ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ । उक्त चित्र सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपाल घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’
रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिरको कामको निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ । मन्दिरको पनि पहिला महानगरले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसलाई भत्काएर पुरातत्त्वले निर्माणको जिम्मा लिएको थियो । मन्दिरको निर्माण लागत १ करोड २६ लाख रुपैयाँ छ । पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न तथ्यसमेत प्राप्त भएको कार्कीले जानकारी दिए । त्यही प्राप्त तथ्यको आधारामा पोखरी पुनर्निर्माण गर्न पनि समितिले सुझाव दिएको छ । पुरातत्त्वले भने विज्ञ समिति पोखरीको अध्ययन गर्नका लागि मात्रै भएकाले मन्दिरको विषयमा विज्ञ समितिले दिएको प्रतिवेदन मान्नुपर्ने बाध्यता नरहेको बताएको छ । मन्दिरका धेरै काम सकिएका छन् । अब यसलाई चलाउन थाल्ने हो भने ५ वर्षमा पनि मन्दिर निर्माण सकिंदैन ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w