अस्पतालको लापरबाही, सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा


दिल शिरीष
सुष्मा थापा र योनिबाट १२ दिनपछि निकालिएको प्याड । तस्बिरः अन्नपूर्ण
बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइ’bout नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’
उनलाई शारीरिक पीडा त थियो नै ! पिसाब गर्न पनि कठिन हुन थाल्यो । पहिलो सुत्केरी अनुभव भएकाले स्वाभाविक पीडा होला भनेरै सहिरहिन् । सुत्केरी भएको केही दिनपछि अस्पताल पुगेर डाक्टर-नर्ससँग पनि यस’bout परामर्श गरिन् । सामान्य परामर्शपछि उनलाई औषधि दिइयो । दुखाइ कम गर्न र घाउ सुकाउनका लागि दिइएका तिनै एन्टिबायोटिक औषधि खाइरहिन् । तर, बीसको उन्नाइस भएन ।
योनिबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि उनको चिन्ता थपियो । पुनः अस्पताल जाने निर्णयमा पुगिन् । ‘पिसाब लागेर शौचालय गएँ, सुरुमा सानो धागोजस्तो केही बिझायो’, उनले भनिन्, ‘धागो तान्दा प्याड पो निस्कियो ।’ बल्ल उनले गुप्तांगभित्रै प्याड छाडेर टाँका लगाइएको थाहा पाइन् । प्याड सुत्केरी भएको १२ औं दिन आइतबार मात्रै निकालिएको थियो ।
अस्पतालको चरम लापरबाहीको कारण सुष्मा र परिवारका सदस्यले अनावश्यक तनाव व्यहोर्नुपरेको उनका पति किरण थापा बताउँछन् । ‘सुत्केरीपछि सफा गर्नेक्रममा प्याड प्रयोग गरे पनि त्यसबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले त्यो ननिकाल्नु गम्भीर लापरबाही हो’, उनले भने, ‘धन्न हामीले कुनै अप्रिय घटना व्यहोर्नु परेन । यस्तो संवेदनशील विषयमा भएको लापरबाहीमा संलग्नलाई अस्पतालले कारबाही गर्नुपर्छ ।’
घटना’bout बुझ्दा अस्पतालका नर्सले बिरामीलाई उल्टै गाली गरेर थर्काएको सुष्माका आफन्त सीताराम थापाले बताए । ‘गल्ती स्वीकार गर्नु त टाढाको कुरा, उल्टै हामीलाई नै गाली गर्न लागे’, उनले थपे, ‘यस्तो घटनाले अस्पतालप्रतिको आकर्षण र विश्वासमा समस्या हुन्छ, स्वास्थ्यकर्मी र अस्पताल प्रशासन सबै जिम्मेवार बन्नुपर्छ ।’
धौलागिरि अञ्चल अस्पताल बागलुङका सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारीले यस घटना’bout आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘सुत्केरी भएपछि रक्त श्राव रोक्न प्याड प्रयोग गर्ने गरिन्छ तर त्यो केही समयपछि निकाल्नुपर्ने हो,’ उनले भने, ‘यस’bout त्यो दिन को—को ड्युटीमा थिए, राम्ररी बुझेर आवश्यक कदम चाल्छु ।’(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )