Daily Archives: 30/01/2018

कार्यकर्ता पोस्न सरकारी ढुकुटी लुट


सुरेन्द्र पौडेल
काठमाडौं – सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अस्पतालको लापरबाही, सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा


दिल शिरीष
सुष्मा थापा र योनिबाट १२ दिनपछि निकालिएको प्याड । तस्बिरः अन्नपूर्ण
बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइ’bout नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै


१६ माघ, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

रानीपोखरी पुनर्निर्माण – पुरातत्त्वको बखेडा


काठमाडौँ — रानीपोखरीमा डेढ वर्षअघि विवाद आउँदा पुरातत्त्व विभागले प्रमाण भेटिए प्राचीन शैलीमा पुनर्निर्माण गर्न सकिने बताएको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरले कान्तिपुरसँग भनेका थिए, ‘प्राचीन शैलीको प्रमाण भेटियो भने त्यहीअनुसार निमार्ण गर्न तयार छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्