मगर सँघ, कुवेतले मनायो ‘माघे संक्रान्ति'(फोटो फिचरसहित)


कुबेत नेपालडटकम

कुवेत, जनवरी २६-कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी मगरहरु समुदायको सकृय जातिय संस्था मगार समाज कुवेतले आफ्नो महान मौलिक पर्ब माघे सकराती बनभोज तथा साँस्कृतिक कार्यक्रम कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा आज शुक्र्बार २६ तारिक भव्यताका साथ मनाइयो।

मगर जातिको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्ने उद्देश्यले कुबेतमा आयोजित ‘माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रम’मा कुबेतको क्षेत्रमा बसोबास गर्ने मगर तथा गैरमगरहरुको बाक्लो उपस्थिती रहेको थियो । कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा मनाईएको माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रम’मा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । समाजको दित्तिय उपाध्यक्ष बसन्त थापा मगरले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य मित्र सिन्जाली को सभापतित्व रहेको थियो भने नेपाली दुताबास कुवेतका दुतिया सचिव ज्ञान बादुर मगर को प्रमुख आतिथ्यता रहेको थिए भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र मगर राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने सँघका सल्लाहाकार जय आले मगरले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने समाज को उप अध्यक्ष्य मनु मगर र सल्लाहकार बोम पुलामी मगर ले मगरहरु को ’bout मा प्रष्ट पारेका थिए।

प्रमुख अथितिकोरुपमा शुभकामना मन्तव्य दिदै दुतिया सचिव ज्ञान बादुर मगर ले नेपाल बिभिन्न जात,धर्म, भाषा,सस्कृती र रीतिरिवाजको साझा फुलवारी भएकोले सबैको आस्थालाई सम्मान गर्दै मिलेर अगाडी बढ्नुपर्नेमा सबै नेपालिहरु लाग्नु पर्ने बताएका थिए। त्यसैगरी सँघ महिला उप अध्यक्ष्य मधु बगर, आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई, तमु समाज कुबेत को अध्यक्ष्य खोप गुरुङ, पत्रकार महासँघ, कुवेत तर्फ बाट महासचिब आनन्द आचार्य ले ‘माघे संक्रान्ति को शुभकामना मन्तव्य दिएका थिए ।

बक्लो उपस्थितिले खचाखच भरिएको कार्यक्रम हाल मा आन्तिम ४ बजे सम्मा अतिथि आउने क्रम जारी रहेको थियो । प्रवासको भूमिमा भए पनि नेपाल कै झल्को दिने गरि लालीगुराँस साँस्कृतिक परिवारका कलाकर भाई बहिनीहरु ले पन्चेबाजा को साथ मा कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को आथीती हरु लाई स्वागत गरेका थिए। त्यस्तै स्थानीय मगर कलाकार हरु ले मगरको सालैजो तथा कौडा गीतहरुमा रहेको आर्कषक नृत्य प्रस्तुतीले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो भने उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार नास्ताले स्वगात गरेका थिए।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष मित्र सिन्जाली मगरले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ६ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।

 निर्दोष हुदाहुदै साउदी जेलमा सड्ने भए प्रेम ब. राई / प्रेम राई बचाउ अभियान लाई आज कुवेत मगर संघको माघे संक्रान्ति साथै बनभोज कार्यक्रम बाट 230 के.डि एक डलर र मगर संघ कुवेतको तर्फबाट 25 केडि गरि 255 के.डि एक डलर संकलन गरेको र पिडित प्रेम भाईको सहोदर दाइ चक्र राईजिउलाई हस्तान्तरण गरेको छ । अरु प्रोसेस कन्टिनिउ कोसिस गरिनेछ आर्थिक संकलन कर्ता भाईहरु सन्जु गुरुङ्ग राजन श्रेष्ठ र मिलन श्रेष्ठ हुनुहुन्छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )