जनसम्पर्क समिति कुवेतको मेलमिलाप दिवस सम्पन्न, युवा नेता लेखकद्वारा कार्यकर्तालाई प्रशिक्षण


कुबेत नेपालडटकम

कुवेत, २६ जनवरी – नेपाली जनसम्पर्क समिति कुवेतले ४२ औ राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार भब्य रुपमा सम्पन्न गरेको छ ।

पुर्व भौतिक तथा पुर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमाल बिशेष अतिथि रहेका थिए । कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठ र कार्यक्रम संचालन समितिका उपसभापति माधब शर्माले गरेका थिए ।

प्रमुख अतिथि नेता लेखकले शुभकामना आदानप्रदान कार्यक्रममा बीपीको मेलमिलापको नीति कांग्रेसको लागि मात्र नभई राष्ट्रकै लागि अपरिहार्य थियो त्यसैले यो दिवस राष्ट्रिय दिवसका रुपमा सबैले मनाउनु पर्ने बताए। लेखकले चुनाव लोकतान्त्रिक प्रक्रिया भएकाले हारजित सामान्य हो। कांग्रेसले आफु हारेर पनि राष्ट्रको मुद्धा जिताएको छ। यो चुनावी हारलाइ फेरी जितमा परिणत गर्न कांग्रेसले आन्तरिक रुपमा सुधार गरेर लैजानु पर्ने बताएका थिए ।

समितिका सह – कोषाध्यक्ष हरि बानियाको स्वागत मन्तब्य संगै राष्ट्रियगान दिप प्रज्वलन र मौन धारण गरि उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरुलाई ब्याच वितरण गरिएको थियो।कार्यक्रममा महामहिम राजदूत यज्ञ बहादुर हमाल, पत्रकार नवराज पन्थी,जिफन्ट ग्रुप कुवेतका अध्यक्ष अर्जुन बस्नेत, टिकाराम आचार्य, दिलकुमार पाख्रीन लगाएतले आ-आफ्नो भनाइ राखेका थिए।

महामानव बिपी कोइराला विसं २०३३ मा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर भारत प्रवासबाट लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य लगायतका नेताहरू सहित स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरण गर्दै कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गर्दछ । सोहि दिवसको अवसर पारेर जनसम्पर्क समिति कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउदै आइरहेको हो ।

बेलुकी ७:३० बजे देखि चलेको कार्यक्रम रात्रीभोज सहित राती ११:३० बजे सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रमका सभापति कल्याण कुमार श्रेष्ठले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )