डोटीमा प्रदर्शनकारीद्वारा गाडी तोडफोड


खगेन्द्रबहादुर सिंह
बुडर : बन्दको अबज्ञा गरेको भन्दै प्रदर्शनकारीले एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् । डोटीको बुडर क्षेत्रमा रहेका आन्दोलनकारीले राति दुई बजेतिर गाडीहरु तोडफोड गरेका हुन्। डडेधुरा, बैतडी, बझाङ लगायतका जिल्लाबाट कैलाली र कञ्चनपुरतिर जान लागेका गाडीहरुलाई तोडफोड गरिएको हो ।
डोटीको गैरा क्षेत्रमा प्रदर्शनलाई नियन्त्रणमा राखेर प्रहरीले गाडीलाई गन्तव्यतर्फ पठाएको थियो। गैराबाट अगाडी गएका गाडीहरुलाई बुडर क्षेत्रमा पुग्दा त्यहाँ रहेका प्रदर्शनले तोडफोड गरेका हुन् । ‘यात्रु बाहक बससहित, मालबहाक ट्रक, निजी जीपलगायतका सवारी साधन तोडफोडमा परेका हुन्’, नेबिसंघ जिल्ला अध्यक्षबाट भर्खरै राजीनामादिएका गणेश खड्काले भने, ‘बन्दको जानकारी हुँदाहुँदै पनि चलाएकाले आक्रोशित प्रदर्शनकारीको तोडफोडमा परेको बताए । ताकरीब १५ वटा गाडी तोडफोडमा परेको प्रहरीले जनाएको छ।
सरकारले आफ्नो निर्णय सच्याएर प्रदेशको राजधानी दिपायल कायम नगरेसम्म आन्दोलनका कार्यक्रम नरोक्ने नेविसंघ अध्यक्ष खड्काले बताए । सात जिल्ला ठप्प हुँदा सरकारले नसुनेकोले आन्दोलन थप शशक्त बनाउने उनले बताए । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम गरिनुपर्ने माग राख्दै २६ दिनदेखि डोटीमा भएको विरोध प्रदर्शनले जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । सरकारले प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेसंगै डोटीमा आन्दोलन झनै चर्केको हो ।
डोटीमा गरिएको विरोध कार्यक्रमले प्रदेशका सातवटै पहाडी जिल्लालाई प्रभावित तुल्याएको छ । सात वटै जिल्लानका सवारी साधन नचल्ला यात्रुहरु समस्यामा परेका पर्नुका साथै दैनिक उपभोग्य सामाग्रीकोसमेत ढुवानी हुनसिकरहेको छैन ।
सरकारले आफ्नो निर्णय फिर्ता लिएर प्रदेशको राजधानी दिपायल कायम नगरेसम्म विरोध आन्दोलन जारी रहने एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताए ।
सेना परिचालित
प्रदेश मागगर्दै भईरहेको डोटीको आन्दोलनमा सुरक्षाको दृष्टिकोण राख्दै जिल्ला सुरक्षा समितिले नेपाली सेना समेत परिचालित गरेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा दिपायल क्षेत्रमा शुक्रबार रातिदेखि सेनाको गस्ती टोली परिचालन गरिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले भने सेना परिचालन गरिएको भन्दा पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर तयारी अवस्थामा राखिएको जानकारी दिए । जिल्लाको अन्य सुरक्षा अवस्था समेत कडा पारिएको छ । कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुबाट थप सुरक्षा बल ल्याइएको छ ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w