Daily Archives: 21/01/2018

तमू समाज कुवेतलद्धारा पाचौ रक्तदान कार्यक्रम मार्च ९ तारिक गर्ने


कुबेत नेपालडटकम

२१ जनवरी २०१८,कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै  आएको रक्तदान अभियान  कार्यक्रम स्वरुप आगामी मार्च ९ तारिख २०१८ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सिन्धुपाल्चोक सेवा समाज कुवेतको प्रथम अधिबेशन मार्च ९ तारिक हुने


कुबेत नेपालडटकम

कुवेत- रोजगारिको क्रममा कुवेतलाई कर्म थलो बनाएका सिन्धुपाचोकेहरुलाई एकतृत गरी केही समय पहिले मात्र गठन गरिएकोसिन्धुपाल्चोक सेवा समाज कुवेतले आगामी मार्च ९ तारिक शुक्रबार आफ्नो प्रथम अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनकुवेतको फर्वानिया स्थित अल हैतम रेष्टुरेन्टमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

डोटीमा प्रदर्शनकारीद्वारा गाडी तोडफोड


खगेन्द्रबहादुर सिंह
बुडर : बन्दको अबज्ञा गरेको भन्दै प्रदर्शनकारीले एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् । डोटीको बुडर क्षेत्रमा रहेका आन्दोलनकारीले राति दुई बजेतिर गाडीहरु तोडफोड गरेका हुन्। डडेधुरा, बैतडी, बझाङ लगायतका जिल्लाबाट कैलाली र कञ्चनपुरतिर जान लागेका गाडीहरुलाई तोडफोड गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ओली-दाहाल समझदारी : एकीकृत पार्टीको कार्यदिशामा सहमति


रामकृष्ण अधिकारी
काठमाडौं : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ


काठमाडौँ — सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल कुवेतद्वारा मृगौला पीडित तेजबहादुरलाई आर्थिक सहयोग


कुबेत नेपालडटकम

लुम्बिनी समाज नेपाल कुवेतले सुनुवल नगरपालिका ८ का मृगौला पीडित तेजबहादुर गुरुङलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्