कुवेतमा २८५४ औ खि ल्हो सोनाम ल्होछारभव्यतापूर्वक सम्पन्न (फोटोफिचर)


सुरेश गुरुङ,कुबेत

२० जनवरी २०१८। बैदेशिक रोजगारिको शिलसिलामा प्रवासको बस्तिमा रहेर पनि आफ्नो जातिय पहिचान, भाषा-भेषभुषा तथा संस्कृतिको जगेर्णा गराउन सक्नुपर्छ भन्ने उद्देश्यका साथ २० नोभेम्बर २०१० मा गठन भएको कुवेत प्रबासी तामाङहरुको जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले २८५४ औं सोनाम ल्होसार हिजो १९ जनवरी, २०१८ शुक्रबार दिन भव्यतापूर्वक मनाएको छ ।

कुवेतको हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा सम्पन्न सोनाम ल्होसार घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङ्को अध्यक्षता एवं महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा खचाखच नेपाली दर्शकहरुको बिच मा अतिथि कलाकारहरु द्वय म्हेन्दोमाया सर्जक, बरिस्ठ सङ्गीतकार एबम गायक हेम वाइबा र नेपाल तामाङ संस्कृती घेदुङ केन्द्र का उपाध्यक्ष सेलो, तामाङ तथा जनप्रगतिशील चर्चित गायिका बबिता पाख्रीन, साथमा खि ल्हो ( नागी ल्हो ) अर्थात ( कुकुर बर्ष ) सोनाम ल्होसार लाई स्वागत गर्दै सम्पन्न भएको हो ।

सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान  बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने
नेपाली दुतावास परिवार कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत यज्ञबहादुर हमालले एउटा बगैंचा पनि हजारौं किसिमका फुलहरु फुलेर बन्ने भएकोले सोनाम ल्होसार तामाङ समुदाय भित्र बिशेष गरी मनाईने भए पनि यो बिबिधतामा एकता बोकेको राष्ट्र नेपालको धर्म संस्कृति भित्र पर्ने एक महान पर्व भएकोले सबै नेपालीहरुले यसरी नै मिलेर सबै चाड पर्वहरु मनाउन सके नेपालीहरु बिचको भात्रित्व सदा कायम रहन सक्ने उदाहरण दिनु भयो । सोही अवसरमा वहाँले नेपाली समाजले चालेका हरेक सकारात्मक कदम तथा समाज कल्याणकारी कार्यहरुमा आफु र दूतावासको हमेशा साथ रहने बताउँदै बिगतका दिनहरुमा कुवेतको नेपाली समाजमा सृजित असहज परिस्थितिहरुलाई भुलेर एक आपसमा भाईचाराको सम्बन्ध गाँसेर अगाडि बढ्ने सुझाब सहित ल्होसारको शुभकामना दिनु भयो ।

यसरी नै शुभकामना दिनेहरुमा बिशेष  नेपाल तामाङ घेदुङ कुवेत का संरक्षक राजेन्द्र तमाङ अतिथिहरु जनजाती महासंग कुबेत को अध्यक्ष रमेश राई,किरात राई,पत्रकार महासँघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,रहेका थिए। प्रमुख अतिथि, बिशेष अतिथि र सभापतिले पानसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेको सोनाम ल्होसारमा लामा गुरुहरुद्वारा पुजापाठ, टिकोटालो र अतिथिहरुलाई खादा प्रदान समेत गरिएको थियो ।

कायर्क्रम प्रस्तुतिको लागि बिशेष अथिति कलाकारको रुपमा नेपालदेखी झिकाईएका सु-प्रख्यात अतिथि कलाकारहरु द्वय म्हेन्दोमाया सर्जक, बरिस्ठ सङ्गीतकार एबम गायक हेम वाइबा र नेपाल तामाङ संस्कृती घेदुङ केन्द्र का उपाध्यक्ष सेलो, तामाङ तथा जनप्रगतिशील चर्चित गायिका बबिता पाख्रीन, ले आफ्नै एलबमका सुपर हिट दर्जनौं गीतहरु आफ्नो कर्णप्रिय आवाजमा गाएर आफै नाचेको उपस्ठीत दर्शकहरु सबै लाई नाचएको थिए । अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने साथमा ल्होसारमा घेदुङ कुवेतका स्थानिय कलाकारहरुद्वारा बिभिन्न किसिमका तामाङ सेलो, डम्फु नाच तथा अन्य साँस्कृतिक झाँकीहरु प्रस्तुत गरेर उपस्थित दर्शक तथा अतिथिहरुलाई नचाउँदै माहौल नै ल्होसारमय बनाएका थिए ।

ॐ माने पेमे होमको मुटु छुने धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ पढ्दै र पूजाआर्चना गर्दै शुरुवात गरेको कार्यक्रममा कार्यक्रम संयोजक सम्बर वाइबा ले स्वागत मन्तब्य गर्नु भएको थिए भने कृष्ण बहादुर तामाङ, युग लामा,रमेश लामा ले संयुक्त रुपमा सन्चालन गरेका थिए । भने अतिथी अतिथि कलाकारहरु द्वय लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने आदिवासी जनजाति महासंघ कुवेत शाखा ले पनि कलाकारहरु द्वय लाई माया को चिनो सरुप दोसला अोढाई सम्मान गरिएको थियो ।कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचर चनाको तरकारी,ले स्वागत गरिएको थिए भने मीठो परिकार को खाना ले सहभागि सबैको मन खुसी पारेको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेश ग्याबा तामाङ ले नेपाल बाट हाम्रो निमन्त्रणा लाई सहर्ष स्विकार गरि पाल्नु भएको अतिथि कलाकारहरु द्वय म्हेन्दोमाया सर्जक, बरिस्ठ सङ्गीतकार एबम गायक हेम वाइबा र नेपाल तामाङ संस्कृती घेदुङ केन्द्र का उपाध्यक्ष सेलो, तामाङ तथा जनप्रगतिशील चर्चित गायिका बबिता पाख्रीन, नेपाल तामाङ घेदुङ कुवेत का संरक्षक ज्यु, बरिस्ठ सल्लाहकार ज्यु, प्रमुख सल्लाहकार ज्यु, सल्लाहकार ज्युहरु, नेपाल तामाङ घेदुङ कुवेत परिवार, नेपाल तामाङ संस्कृति घेदुङ कुवेत का कलाकारहरु, मेन्दोमाया कलाकारहरु, सेब्रो कलाकारहरु, सुरक्षा विभाग अन्तर्गत कार्यक्रम अबधि भर कार्यक्रममा सुरक्षा मा अहोरात्र खटिनु भएको स्वयंसेवक साथिहरु, कार्यक्रम का संयोजक ज्यु, विभागिय प्रमुख ज्युहरु, नेपाल तामाङ घेदुङ कुवेत लाई आर्थिक, भौतिक नैतिक तवरबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु र विभिन्न बिधामा सौजन्य गरेर सहयोग गर्नुहुने सहयोगी दाताहरु, कुवेतमा कृयाशिल संघ संस्थाहरुको प्रतिनिधि ज्युहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार, राजनीतिज्ञ र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण कुवेतवासी दिदिबहिनी तथा दाजुभाइहरु कार्यक्रममा गौरबशाली उपस्थिति जनाइ दिनुभै भब्य सब्य रुपमा कार्यक्रम सफल गराउन महत्वपूर्ण भुमिका खेलिदिनु भएकोमा स हृदय देखि हार्दिक धन्यवाद को साथमा आभार प्रकट गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )