Daily Archives: 18/01/2018

दाङका जनप्रतिनिधिलाई बन्धक बनाउने आन्दोलनकारीको चेतावनी


राष्ट्रियसभा चुनाव रोक्ने र सरकारलाई कर नतिर्ने निर्णय
पाण्डव शर्मा
४ माघ, दाङ । सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि दाङ राजधानी सरोकार समितिले माघ ४ लाई कालोदिन घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रुपन्देहीलाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । त्यसलगत्तै घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउने लगायतका निर्णयहरु गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार


काठमाडौँ — मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट गर्नेछन् । त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्रीमार्फत पेस हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्