कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरिपनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रती भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै अनिश्चित कालको लागि स्थगित गरिएको माउण्ट एभरेष्ट एम.बि बमजन गोल्ड कपको १६औं श्रीङखला सञ्चालन गराइने भएको छ।
तस्वीरः कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृत भए पश्चात क्लवका पुर्व अध्यक्ष तथा बरिष्ठ सदस्य जय अाले मगर, क्लबको खम्बा !
१६ जनवरी २०१८ माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले डेढ दशकभन्दा पहिलादेखी बर्षेनी रुपमा सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट बिविध कारण बस अनिश्चित कालको लागी बन्द गरिएको थियो । कारण खेलप्रेमी कुवेत वासी नेपालीहरू माझ प्रष्ट छ ।कारणहरू यस प्रकार थिए !
क) कुवेतमा नेपाली नेपाली बिचको भाइचारामा हुनु पर्ने सुमधुर सम्बन्ध खट्किएको अवस्था र खेल मैदान बेलाबेला युद्द भुमी जस्तो देखिएकोले ।
ख) केही खेलाडीहरू बाटै खेलको नियम उलंघन गरी जथाभावी बोल्ने र झैं-झगडा गर्न प्रेरणा मिल्ने जस्तो बातावरण सिर्जना गराइ खेललाइ खेलको दृष्टिले नहेरी प्रतिश्पर्धाको हिसाबले लिएर अगाडि बढेको देखिएकोले ।
ग) क्लबमा आवद्द सदस्यहरूले खेलकुद गराए बापत आफ्नै खल्ती रित्याई समाजमा आउँदा समेत समाजका केही अगुवाहरुले पैसाको चलखेल भनेर आक्षेप लगाएकोले ।
घ) खेल खेलाउने क्रममा क्लव सदस्यहरु अस्पताल र पुलिस थानासम्म धाउन बाध्य पारिएको लगायत विविध अप्ठ्यारा परिश्थीतीको कारण क्लब सदस्यहरूविच नै खेल खेलाउने र नखेलाउने भन्ने अन्तर द्वन्द पैदा भएकोले ।
ङ) क्लब खेलकुदमा मात्र सिमित नरही कुवेतका हरेक गतिविधिमा हाथेमालो गर्दै आइरहेको र क्लवक्को आय श्रोत लेबीले सबै थाम्न गाह्रो भएकोले ।
च) स्पोन्सरहरूले खेल मैदान युद्दभुमीमा परिणत भएको प्रतक्ष अवोलोकन गरेकोले स्पोन्सरसिपमा भारी मात्रमा कमी आएकोले ।
छ) यिनै विविध असहज कारणवश खेल मैदान उपलब्ध गराउन स्पोर्टस क्लव असमर्थ रही कुवेतको खेलकुद मन्त्रालयबाटै लिखित रुपमा स्विकृत लिई आउनु पर्ने आदेश दिएकोले खेल मैदान लामो प्रयास पश्चात उपलब्ध भएकोले ।
यि माथीको विविध कारण लगाएत अन्य कारणहरूले गर्दा, माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवद्वारा निरन्तर चलिरहेको एम.वि. बमजम कपको १६औं श्रीङ्खला स्थगित गरिएको थियो।
खेलप्रेमी लगाएत सम्पुर्ण कुवेतवासी नेपालीहरूको कुम्भमेला मानिने एम.बि. बमजम गोल्डकपलाइ रोक्दा यहाँहरूसबैलाइ खल्लो अनुभव नभएको हैन। यसैलाइ मध्यनजर गर्दै अहिले धेरै कुराको अभावको वाबजुद क्लबले कुवेतवासी नेपालीमाझ स्थगित १६औं बमजम कप खेललाइ निरन्तरता दिने जमर्को गरेको छ।
यसको लागी हजुरहरू सम्पुर्ण कुवेतका संघ सस्था भद्र भलाद्मी खेलप्रेमी पत्रकार खेलाडी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरूले अ-आफ्नो स्थानबाट यो कुम्भमेलालाइ साथ सहयोग गर्नु हुने छ भनी आशासाथ हामीले यस पटक २०१८ फेब्रुअरी १६ शुक्रवार र फेब्रुअरी २३ शुक्रवार बिहान ९ बजे देखी बेलुकी ५ बजे सम्म फाहाहिलको सुकसभा फुटबल ग्राउण्ड #Souk_Sabah_Football_Ground ग्राउण्डमा खेल आयोजना गर्ने र खेलकोलागी कुवेतको खेलकुद मन्त्रालयबाट पनी स्विकृती लिनु पर्ने भएकोले स्विकृती लिइ सकेको क्लबले यहाँहरूमार्फत जानकारी गराउन चाहन्छ।
धन्यवाद,
क्लब सचिव
डम्बर रिमाल,