Daily Archives: 16/01/2018

अतिथि कलाकार हेम वाइबा तामाङ र बबिता पाख्रिन लाई कुवेत एअरपोर्टमा भब्य स्वागत


कुबेत नेपालडटकम

नेपाल तामाङ् घेदुङ्, कुवेतले भोली शुक्रबार आयोजना गर्न गैरहेको तामाङ् (सोनाम) ल्होछार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा नेपालका चर्चित म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार कलाकार हेम वाइबा तामाङ र सेलो गायिका बबिता पाख्रिन आज बेलुकी ८:२० बजे कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अनिश्चित काल बन्द गरिएको १६औं बमजन कप पुन खेलाइने


कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरिपनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रती भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै अनिश्चित कालको लागि स्थगित गरिएको माउण्ट एभरेष्ट एम.बि बमजन गोल्ड कपको १६औं श्रीङखला सञ्चालन गराइने भएको छ।

तस्वीरः कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृत भए पश्चात क्लवका पुर्व अध्यक्ष तथा बरिष्ठ सदस्य जय अाले मगर, क्लबको खम्बा !
पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट बमजन कप १६ फेब्रुअरी फाहाहिलको खेल मैदानमा हुने


 सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह..

कुबेत नेपालडटकम

कुवेतको नेपाली समाज र नेपाली समाजमा रहेका प्रबाशी नेपाली फुटबल प्रेमीहरुको माझ लोकप्रिय रहेको माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले सञ्चालन गर्ने गोल्डकप फुट्बल प्रतियोगिता आगामी १६ फेब्रुअरी २०१८ शुक्रबार देखी सुरु हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?


बालकृष्ण अधिकारी
काठमाडौं- नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका थिए। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत उपस्थित थिए। उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सुरक्षाकर्मीको रासनमा विभेद, कस्ले कति पाउँछन् ?


सुवास गोतामे
काठमाडौं : सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। असन्तुष्टि बढेसँगै रासनलाई समयानुकूल बनाउन प्रहरी मुख्यालयले गृह मन्त्रालयमा प्रस्ताव लगेको छ। हाल प्रहरी र सशस्त्र प्रहरीले रासनबापत पैसा लिन्छन् भने सेनाले सार्वजनिक खरिद ऐनअनुसार मासिक रूपमा रासन नै लिने गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ घेदुङ कुवेतको ल्होछारको तयारी पुरा,अतिथि कलाकार आज बेलुकी कुवेत आईपुग्दै


युग लामा/कुबेत
कुवेत,१५ जनवरी। तामाङ समुदायहरुले मनाउने राष्ट्रिय सास्कृतिक पर्ब एबं नयाँ बर्ष मन्जुश्री संबत २८५४ खि ल्हो कुकुर बर्ष “सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान !” भन्ने नारा सहित तामाङ घेदुङ कुवेतले पनि अथिति कलाकारहरुको साथमा धुमधाम मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्