मकर मेला सुरु, स्थानीय उत्पादनको कारोबार हुने


रमेशचन्द्र अधिकारी
धनकुटा — मकर सङ्क्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । मूलघाटस्थित तमोर नदीको विश्रान्ती मन्दिर तथा धनकुटा ६ को बाघे खोलास्थित धर्मगंगा तथा कैलाशनाथ मन्दिरमा पुजा गर्नेको बिहानैदेखि उल्लेख्य भीड लागेको छ । यस्तै कुरुलेतेनुपाको त्रिवेणीमा पनि मकर मेला सुरु भएको छ । छरुवा, तेलिया र तमोरको संगमस्थल त्रिवेणीमा नुहाएर त्यहँ अवस्थित अढाई सय वर्ष पुरानो शिवालय मन्दिरमा पूजा गर्ने चलन रहेको स्थानीय गोपिकृष्ण भण्डारीले जानकारी दिए ।

धनकुटाकै महालक्ष्मी नगरपालिकास्थित जीतपुरमा पनि आजदेखि मकर मेला तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । एक सातासम्म लाग्ने मेलामा धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सुनसरी लगायत जिल्लाका सर्वसाधारणले मेला भर्ने स्थानीय जेबी. घलेले जानकारी दिए । उता धनकुटा र भोजपुर जिल्ला जोड्ने लेगुवास्थित अरुण नदीमा पनि मकर नुहाउनेको भीड लागेको छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ । ति स्थानमा स्थानीय उत्पादनको व्यापारिक कारोबार समेत उल्लेख्य हुने गर्दछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w