Daily Archives: 15/01/2018

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई माघ ५ को डेडलाइन


नेम्वाङ भन्छन्-मेरै मोबाइलबाट ओलीले देउवालाई सहमति दिनुभएको हो
१ माघ, काठमाडौं । निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी दिएको छ । राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नयाँ सरकार गठन अझ पछि धकेलिनेछ । पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । ‘प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भइसकेको छ, प्रदेश प्रमुख नियुक्त भएर उनको कार्यालय स्थापना भएपछि हामीले प्रदेशसभाको नतिजा बुझाउने हो’ आयोगका एक पदाधिकारीले भने । पढ्नेक्रम जारी राख्नुहोस्

मकर मेला सुरु, स्थानीय उत्पादनको कारोबार हुने


रमेशचन्द्र अधिकारी
धनकुटा — मकर सङ्क्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । मूलघाटस्थित तमोर नदीको विश्रान्ती मन्दिर तथा धनकुटा ६ को बाघे खोलास्थित धर्मगंगा तथा कैलाशनाथ मन्दिरमा पुजा गर्नेको बिहानैदेखि उल्लेख्य भीड लागेको छ । यस्तै कुरुलेतेनुपाको त्रिवेणीमा पनि मकर मेला सुरु भएको छ । छरुवा, तेलिया र तमोरको संगमस्थल त्रिवेणीमा नुहाएर त्यहँ अवस्थित अढाई सय वर्ष पुरानो शिवालय मन्दिरमा पूजा गर्ने चलन रहेको स्थानीय गोपिकृष्ण भण्डारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्