तमु ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भब्य रुपमा सम्पन्न,कलाकार ईन्द्र गुरुङ ले सबैलाई नचाए।


कुबेत नेपालडटकम

१३ जनवरी २०१८ । कुबेत को हवाली स्थित बोय स्काउट थियटर हल मा जातिय संस्था तमु प्येल्हु संघ,कुवेत ले आफ्नो महान पर्व तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रम अतिथी कलाकार ईन्द्र गुरुङ को साथ भव्य रुपमा मनाएयो।

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ दर्शकहरुले खचाखच भरिएको हवाली स्थित बोय स्काउट थियटर मा आमन्त्रित आथिती ज्यु हरु लाई टिका लगाइ फुल को गुछा ले कलाकार भाई बहिनी ले स्वागत गरे को थियो।

तमु प्ये ल्हु संघ, कुवेतका अध्यक्ष गोपाल गुरुङको सभापतित्वमा र नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, प्रमुख आथिती रहनु भएको कार्यक्रममा श्रम शहचारी ज्ञानेन्द्र शर्मा, बिशेष अतिथीको रुपमा पाल्नु भएको थियो । कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। यस कार्यक्रमलाई भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थियो।

सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। कार्यक्रममा संस्थ को सल्लाहकार छ्योमान तमु ले स्वागत मन्तब्य गर्नु भएको थिए। भने
च्यह ल्होलाई बिदाई र खी ल्होलाई स्वागत यस वर्ष च्यह ल्हो (चरावर्ग) को बिदाई र खी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्ने वर्षको रुपमा ल्होसार मनाईएको छ । धार्मिक परम्परा अनुसार धर्मगुरु ईन्द्र तमु र देव तमु ले पूजा पाट मन्तर पढी संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै च्यह ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गरेका थिए भने आउने खी ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहाँहरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरि स्याइ स्याइ गरे को थियो।

विगतका वर्षहरुमा झै यस वर्ष पनि समाजलाई विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थिए । भने कुबेत को अन्लाईन मिडिया हरु त्यसै गरि सांस्कृतिक परिवारका कलाकार भाई बहिनी,नेपाल बाट पल्नु भएको अतिथी कलाकार ईन्द्र गुरुङ लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने आदिवासी जनजाति महासंघ कुवेत शाखा ले पनि कलाकार ईन्द्र गुरुङ लाई माया को चिनो सरुप दोसला अोढाई सम्मान गरिएको थियो ।

तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु प्येल्हु संघ,कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । त्यस्तै कुवेतमा रहेका चर्चित लोक तथा पप गायक बि बि मल्ल ठकुरी, बिराज तमाङ,ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि अतिथी चर्चित गायिका ईन्द्र गुरुङ,ले आफ्नो निकै धमाकेदार प्रस्तुति पस्केर अहिलेका युबापुस्ताको मनमा बस्न सफल हुनुभयो । सालैज्यु, रामदीपुल,नयाँ पुरान गीत गाउदै कुबेतबासी दाजु भाई दिदी बहिनी हरु लाई कम्मर मर्काई मर्काई नचाएको थियो। भने दर्जनभन्दा बढी आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै तमु प्येल्हु संघ,कुवेत ले स्थापना काल देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचर चनाको तरकारी, चिउरा खसी को मासु ले स्वागत गरिएको थिए भने मीठो परिकार को खाना ले सहभागि सबैको मन खुसी पारेको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष गोपाल गुरुङ ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

कार्यक्रममको अन्तमा अतिथी कलाकार ईन्द्र गुरुङ र प्रेम कटुवाल को लोकदोरी घमसा घम्सी ले सबै जान लाई नाच्दै खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे ) सम्पन्न भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w