गायिका ईन्द्र गुरुङ लाई कुवेत एअरपोर्टमा भब्य स्वागत


कुबेत नेपालडटकम

तमु प्येल्हु संघ,कुवेतले आज १२ तरिक शुक्रबार आयोजना गर्न गैरहेको तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रम मा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा अतिथि कलाकार गायिका ईन्द्र गुरुङ हिजो  नेपाल बाट ओमान हुँदै ओमान एयर बाट बेलुकी ८:३५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु भएको छ । कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि तमु प्येल्हु संघ,कुवेत परिवार लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ।
आस्ती को दिन नै कुवेत आउनुपर्ने कलाकार गुरुङको प्राविधिक कारणवश नेपालदेखी उडानमा ढिलाई भएकोले नेपाल मै रोकिनु परेको थियो । आज हवाली स्थित बोय स्काउट थियटर हलमा बिहान ११ बजेबाट सुरुहुने तमु ल्होसार कार्यक्रममा कलाकार गुरुङको धमाकेदार प्रस्तुती रहने छ। भने संघ का कलाकारहरुले पनि आफ्नो बेजोड प्रस्तुती दिनेछन । आज हुने कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न सबैलाई तमु प्येल्हु संघ,कुवेतले आग्रह गरेको छ ।

मिति:- जनवरी १२ तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक:- तमु प्येल्हु संघ,कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w