Daily Archives: 10/01/2018

तमु प्ये ल्हु संघ, कुवेतको अत्यन्तै जरुरी सूचना !!


तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रमको लागि कुबेत आउन भनिएकी गायिका ईन्द्र गुरुङको प्राविधिक कारणवश नेपालदेखी उडानमा ढिलाई भएकोले आज ओमान एयर मार्फत बेलुकिको ०८.२० बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल आएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने


रामकृष्ण अधिकारी/गोविन्द लुइँटेल
काठमाडौं : एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्। बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई ५ करोड २६ लाख क्षतिपूर्ति (सूचीसहित)


 कुवेत । नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ । कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्