पार्टी एकता’bout छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै


माओवादी नेताहरु आन्तरिक छलफलमा
२४ पुस, काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तयारी छ ।

पार्टी एकताको विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको थियो । छलफलमा पार्टी एकताका लागि वैचारिक-राजनीतिक र सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सहमति भएको थियो ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत छ । सोही बैठकबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने दुबै पार्टीका नेताहरुले बताएका छन् ।

यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘पार्टीको कुनै कमिटीको बैठक त छैन तर आन्तरिक छलफल जारी छ ।’(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )