उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक


सुरेन्द्र पौडेल
काठमाडौं- कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरी’round थुप्रै इँटाभट्टा सञ्चालित छन् । बिहानदेखि बेलुकीसम्म भट्टाको चिम्नीबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् । उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् ।

उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला इँटाभट्टाले निर्धक्क हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् ।
‘इँटाभट्टाले मानव स्वास्थ्यमा असर ग¥यो भनी बलम्बुका ६०–७० स्थानीयले हस्ताक्षरसहित हटाउन आग्रह गर्नुभएको छ,’ चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नागरिकसँग भने, ‘इँटाभट्टाले यो क्षेत्रमा प्रदूषण बढाएका छन्, यिनलाई यहाँबाट हटाउने उपाय हामी खोज्दैछौं ।’
घरेलु तथा साना उद्योग कार्यालयले बस्ती र जंगलको एक किलोमिटरभित्र इँटाभट्टा सञ्चालन गर्न नपाउने मापदण्ड तोकेको छ । इँटाभट्टाले धुलोरहित सडक र भट्टा’round हरियाली बनाउनुपर्ने मापदण्ड छ । चन्द्रागिरि नगरपालिकामा भने बस्तीबीचमा इँटाभट्टा छन् । न भट्टाले इँटा ढुवानी गर्ने सडक धुलोरहित बनाएका छन् न वरवर हरियाली नै ।
‘चन्द्रागिरि नगरपालिकामा पहिला १७ वटा इँटाभट्टा थिए । अहिले १२–१३ वटा सञ्चालनमा छन्,’ गिरीले भने, इँटाभट्टाले वायु प्रदूषणमात्र गरेको छैन, बाटो पनि जीर्ण बनाएको छ । भट्टा व्यवसायीले प्रदूषण कम गर्न नयाँ प्रविधि अपनाएका छैनन् ।
इँटा व्यवसायी संघका अनुसार हाल नेपालमा एक हजारभन्दा बढी इँटाभट्टा सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा १ सय १२ भट्टा सञ्चालनमा छन् । संघका अनुसार भक्तपुरमा ६४, ललितपुरमा ३० र काठमाडौंमा १८ इँटाभट्टा छन् । ‘कम्तीमा पनि भट्टामा दाउरासम्म बाल्ने हो भने कम प्रदूषित धुवाँ निस्कन्थ्यो, यहाँ त टायर बालेको पाइएको छ,’ मेयर गिरीले भने ।
पछिल्लो एक अध्ययनले काठमाडौं उपत्यकाको वायु प्रदूषणको कारकमध्ये इँटाभट्टा पनि प्रमुख भएको देखाएको छ । उक्त अध्ययनअनुसार उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको धुवाँ ३८ प्रतिशत, सडकको धुलो २५ प्रतिशत, कृषिजन्य सामग्री १८ प्रतिशत, इँटाभट्टा ११ प्रतिशत, उद्योग ३ प्रतिशत, घरेलु प्रदूषण ३ प्रतिशत र फोहोर बाल्दा तथा २ प्रतिशत हिस्सा छ ।
केही वर्षअघि औद्योगिक प्रवद्र्धन बोर्डले काठमाडौं उपत्यकामा नयाँ इँटाभट्टा खोल्न रोक लगाएको थियो । त्यसैको आधारमा उपत्यकामा नयाँ भट्टा खुलेका छैनन् तर पुराना भट्टा नहट्दा उपत्यकाको वायु प्रदूषण बढेको छ । ‘हाम्रो नगरपालिकाभित्र रहेका भट्टा व्यवसायीलाई हामीले कहिले हट्ने भनेर सोधेका छौं । उहाँहरुले अब एक वर्ष समय बाँकी रहेको बताउनुभएको छ,’ मेयर गिरीले भने । नगरपालिकाले इँटाभट्टा सञ्चालनको म्याद नथपेको जानकारी उनले दिए ।
काठमाडौं उपत्यकाभित्र नागढुंगा र बालाजु पश्चिमबाट स्वच्छ हावा भित्रन्छ । त्यसैले नागढुंगा र बालाजुलाई काठमाडौं उपत्यकाको वायुको मुहान मानिन्छ । चन्द्रागिरि नगरपालिका यही मुहानमा पर्छ । मुहानमै १२ भन्दा बढी इँटाभट्टा सञ्चालनमा रहेपछि उपत्यकामा प्रदूषित वायु छिर्ने गरेको बुझाइ स्थानीयको छ ।
‘इँटाभट्टाबाट निस्कने धुवाँ कम प्रदूषित बनाउन पानीको ढल बनाई पठाउनुपर्छ । यो विधि अपनाउँदा पानी चाहिने र खर्चिलो हुने भएकाले व्यवसायीले चासो नदिएका हुन् । सर्वसाधारणको स्वास्थ्यप्रति इँटाभट्टा सञ्चालक गम्भीर देखिँदैनन्,’ गिरीले भने ।
चन्द्रागिरिमा सञ्चालित इँटाभट्टाले कीर्तिपुरवासीलाई समेत अप्ठ्यारोमा पारेको छ । चन्द्रागिरिमा रहेका भट्टाले फालेको धुवाँ नागढुंगातिरबाट आउने हावाले कीर्तिपुरतर्फ ल्याउने हुँदा यहाँका बासिन्दाले पनि भट्टा अन्यन्त्र सार्न आग्रह गर्दै आएका छन् ।
‘इँटाभट्टा चन्द्रागिरिमा सञ्चालन भए पनि त्यसले फ्याँकेको प्रदूषित हावा हामीले खाइरहेका छौं । हावाले सबै धुवाँ कीर्तिपुरतर्फ ल्याउँछ । हामीले चन्द्रागिरि नगरपालिकासँग इँटाभट्टा अन्यन्त्र सार्न वा वातावरणमैत्री बनाउन आग्रह गरेका छौं,’ कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने ।
कीर्तिपुर नगरपालिकामा सञ्चालित इँटाभट्टाले वायु प्रदूषण गरेपछि २०५४ सालमै अन्यन्त्र सारिएको महर्जनले बताए ।
इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने उपत्यकामा सञ्चालित इँटाभट्टा आधुनिक प्रविधि जडित भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । सरकारले तोकेको मापदण्डभित्रै रहेर भट्टा सञ्चालन भइरहेको दाबी पनि उनले गरे । ‘कमै इँटाभट्टाले मात्र कालो धुवाँ फाल्छन् । प्रविधिमा धेरै सुधार गरिएको छ । प्रदूषण भएकै छैन म भन्दिनँ तर आत्तिनुपर्ने अवस्था छैन,’ चित्रकारले भने ।
इँटाभट्टालाई उपत्यकाभित्रबाट हटाउनु व्यावहारिक नहुने धारणा उनको छ । सरकारसँग अनुमति लिएर सञ्चालन भइरहेको र बर्सेनि राजस्व तिरिरहेका कारण आफूहरुलाई हटाउन नमिल्ने उनी बताउँछन् । व्यवसायीको सम्पत्तिको सुरक्षा हुनुपर्नेमा उनले जोड दिए ।(नागरिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )