Daily Archives: 07/01/2018

उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक


सुरेन्द्र पौडेल
काठमाडौं- कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरी’round थुप्रै इँटाभट्टा सञ्चालित छन् । बिहानदेखि बेलुकीसम्म भट्टाको चिम्नीबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् । उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी


२३ पुस, जाजरकोट । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने । औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन माग गर्दै स्थानीयले बड्कुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा. पवन शाक्यले बताए । पढ्नेक्रम जारी राख्नुहोस्