नैनकला राई / कुबेत
जनवरी ६, कुवेत l राप्ती भेरी कर्णाली एकता समाजको आयोजनामा अनाथ बबलिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम “New Year Dhamaka 2018” हिजो जुन जनवरी ५ तारिक शुक्रबार कुवेत स्थीत हवल्ली वाईज स्काउट थ्रेस्टको हलमा नेपालबाट पाल्नु भएका राष्ट्रिय कलाकारहरु चर्चित लोक दोहोरि गायक पशुपती शर्मा, गायक प्रकाश कटवाल, गायीका जानकी तार्मी मगर र गायक ऋषि खड्काको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको छ l
दर्शकको बाक्लो उपस्थीतीमा सम्मपन्न भएको कार्यक्रमका संयोजक एकराज मल्ल (राज मल्ल) रहेको कार्यक्रमको सभापति समाजको अध्यक्ष पवन कुमार वली र प्रमुख अतिथिकोरुपमा नेपाली दुतावासको तर्फबाट राजदुत महामहिम यज्ञबहादुर हमाल रहेका थिए भने बिशेष अतिथिमा महामहिमका धर्मपत्नी रीता हमाल, दुतावासका दित्तीय सचिव सुरेश अधिकारी, श्रम-सहचारी ज्ञानेन्द्र शर्मा, आदिवासी जनजाती महासंघका अध्यक्ष रमेश किराती चट्याङ, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यौपाने, अन्तराष्ट्रिय कलाकार समाज कुवेतका अध्यक्ष बि बी मल्ल ठकुरी, संघ संस्थाका प्रतिनीधहरु लगाएतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य माधव शाहीले दिएका थिएl उक्त कार्यक्रमलाई संचालक सुरेश ग्याबा र माधव शर्माले संयुक्तरुपमा संचालन गरेका थिए l
कार्यक्रममा प्रमुख अतिथि महामहिम यज्ञबहादुर हमाल, महासंघका अध्यक्ष, जनजाती महासंघका अध्यक्ष र अन्तराष्ट्रिय कलाकार समाजक अध्यक्ष लगाएतले शुभकामना मन्तब्य दिएका थिए l मन्तव्यमा राजदुत हमालले यस सांगीतिक कार्यक्रमको उदेश्य अत्यन्तै पबित्र रहेको र यस कार्यमा सफलताको शुभकामना दिदै यस किसिमको संस्कृतिक कार्यक्रमले आफ्नो संस्कृति पहिचानलाइ सम्रक्षणको लागि बिशेष भूमिका रहनेमा बिस्वस्त रहेको बताउनु भयोl
तोकिएको समय भन्दा ढिला सुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाइ साँस्कृतिक मंच कुवेतका कलाकारहरुले पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए ।साँगितिक कार्यक्रमको सुरुवातमा गायक ऋषि खड्काले प्रस्तुति दिएका थिए भने दोस्रो चरणमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायीका जानकी तारमी मगर साथै गायक प्रकाश कटवालको रहेको थियो l सबै कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई छमछमी नचाएको थियोl आयोजकको तर्फबाट स्थानीय कलाकारको पनि नृत्यको प्रस्तुति रहेको थियोl
बिगत केहि महिनादेखि कुवेतको नेसनल खराफी कन्स्ट्रक्सन कम्पनीमा बिचल्लीमा परेका नेपाली कामदारहरुको उद्दारको लागि कार्यक्रममा उपस्थित सहयोगिहरुबाट सहयोगार्थ रकम ८६ कडी २५० फिल्स संकलन गरि कार्यक्रमका संयोजक राज मल्लले सरोकार समाजका अध्यक्ष दिव स्याङ्बोलाइ हस्तान्तरण गरेको छ lकार्यक्रम अन्त्य तिर दर्शकहरुलाइ चारै जना कलाकारहरुले लाइभ दोहोरि मार्फ़त सबैलाई मनोरन्जन दिएका थिए भने अतिथि कलाकारहरुलाइ आयोजकले मायाको चिनो सहित सम्मान गरेको थियो ।
सभापति पवन वलीले कार्यक्रमलाइ सफल पार्नको लागि आर्थिक नैतिक भौतिकरुपमा सहयोग गर्नु हुने सम्पुरणलाइ धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेको थिए ।