Daily Archives: 04/01/2018

माओवादीमा नेतृत्वनजिक हुन होडबाजी


काठमाडौं- नेकपा एमालेसँग हुने एकीकरणलाई लिएर दोस्रो पुस्ताका माओवादी नेताले नयाँ पार्टीमा ‘पोजिसन’ बनाउने उद्देश्य राख्दा निरन्तर विरोधाभाषी अभिव्यक्ति आउन थालेका छन् । नेतृत्वको नजिक हुने आन्तरिक होडबाजी चलेका कारण पनि एकीकरणका ’boutमा माओवादीका दोस्रो तहका नेताबाट विरोधाभाषी अभिव्यक्ति आएको माओवादीकै नेताले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सक्नुपर्ने समयमा ६० प्रतिशत मात्रै काम


उत्तम काप्री/ राधेश्याम विश्वकर्मा
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने निर्धारित समयमा ६० प्रतिशत मात्र काम हुने भएको छ। नेपाल सरकार र ठेकेदार कम्पनीबीच सन् २०१८ को जुलाईभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो। ठेकेदार चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले पछिल्लो सयम बुझाएको प्रगति विवरणमा जुलाईसम्म ६० प्रतिशतमात्र काम गर्न सकिने उल्लेख भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

बालुवाटारमा सर्वदलीय बैठक सुरु


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा बोलाएको ५ दलको बैठक सुरु भएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रगतिशील साहित्य कर्मी मेरुदण्ड पीडित सुरेन्द्र बम्जनलाइ प्रचण्डद्वारा सहयोग रकम हस्तान्तरण


कोशराज राई/ कुबेत

जनवरी ३, कुवेत । पूर्व जनमुक्ति सेना सदस्य तथा प्रगतिशील लेखक सुरेन्द्र बम्जनलाई उपचारको लागी ५ लाख ४८ हजार तीनसय पैसट्ठी रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्