जनवरी १२ तारिक तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)सांस्कृतिक रमझम ले रमाईलो हुने ।


कुबेत नेपालडटकम

 जनवरी ३ कुबेत -तमु प्येल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे ) अतिथी कलाकार ईन्द्र गुरुङ को साथमा जनवरी १२ तारिक शुक्र्बार कुबेतको हवाली स्थित बोय स्काउट थियटरमा (पुरानो सेन्टर पोइन्टको अगाडी) को हलमा भब्य रुपले मनाउने भएको छ |

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”
अर्थात (शास्त्र हराए संस्कार हराउँछ , संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म ,संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ ’bout जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ । कार्यक्रमलाई भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले मुख्या प्रायोजन गरेको छ।

कार्यक्रमलाई अझै ससक्त रुपमा संगीतमय बनाउनको लागि तमु प्येल्हु संघ, कुवेतका कलाकार हरु अमन गुरुङ,सचिन गुरुङ,को न्रित्य निर्देशनमा तमु प्येल्हु संघ,कुवेतका कलाकार भाई बहिनी हरु को भब्य तयारी भएको अध्यक्ष गोपाल गुरुङ ले बताउनु भएको छ । प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। भने कार्यक्रमलाई अतिनै भब्य बनाउन संघले नेपालकी चर्चित लोकदोरी गायिका ईन्द्र गुरुङलाई स्टेजमा उतार्ने पक्का भएको छ ।

हवल्ली स्थित वाईज स्काउट थ्रेस्टको हलमा हुने कार्यक्रममा आउनको लागी साल्मिया बाट ७७ नम्बरको सिटि बस र हसाबिया, जिलिव फर्वानिया क्राउन प्लाज हुदैन खैतान बाट १६ नम्बर र स्वएक बाट ७७ नम्बर बस, सिटि बाट १६ नम्बर बस र अन्य बस हरु त्यसको आसपासमा ६६ ,५५ ,८८ ,१८ ,१९ नम्बरका बस हरु पनी आउने गर्छन् र बस चढी सके पछी हवल्लीको पुरानो सेन्टर प्वाईन्ट मताफी को नजिक भनेर आउनु भयो भने सजिलै कार्यक्रम स्थलमा आउन सक्ने आयोजक टिमले बताएको छ। भने तमु प्येल्हु संघ,कुवेतका अध्यक्ष गोपाल गुरुङले कुबेतनेपालडटकम सँग भने”गुरुङ जातिहरुको महान पर्व “खि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस बिशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अनुरोध गर्दछु।

कार्यक्रम:- तमु खि ल्हो (कुकुर बर्ग )ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे )
मिति:- जनवरी १२ तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक:- तमु प्येल्हु संघ,कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w