Monthly Archives: जनवरी 2018

कांग्रेस जगाउन जुत्ता पालिस


राजु स्याङ्तान
काठमाडौं : उसबेला नयाँ बानेश्वरमा अहिलेजस्तो ठूला कफिसप खुलिसकेका थिएनन्। सन्तनेता कृष्णप्रसाद भट्टराई ‘लक्ष्मीको चिया पसल’ पुगेर दैनिक चियाचर्चा गर्थे। उनै किसुनजी पुग्ने चियापसल अगाडि मंगलबार कांग्रेस नेता-कार्यकर्ता भेला भएर अचानक पैदलयात्रीको जुत्तामा पालिस दल्न थाले। पढ्नेक्रम जारी राख्नुहोस्

६ चरण पार गरेपछि मात्रै भूकम्पपीडितलाई अनुदान


एक महिनासम्म बैंकमै थन्किन्छ पैसा, तर पीडितले पाउँदैनन्
दिनेश थापा
१७ माघ, सिन्धुपाल्चोक । सदरमुकाम नजिकैको बस्ती गौरातीकी एक महिला भूकम्प पीडितको कार्ड हातमा लिएर कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)मा आइन् अनि कार्यालयको ढोकामा नै रहेका प्रमुख कोष नियन्त्रक लक्ष्मी निरौलासँग गुनासो बिसाइन् ‘सर हाम्रो पैसा गएन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

हिरा थापाले भुकम्प पीडित लाई घर बनाई दिईन।दिनेश गुरुङको अभियान सफल ।


कुबेत नेपालडटकम

महाशिला गाउपालिका बिनासकारी भुकम्पले हजारौलाई घरबार बिहिन बनाएको नेपालमा पर्बत जिल्लाको होर्स्याङ्दीको एक परिवापनी निकै पीडित बनेको थियो । भुकम्पले घर भात्काएपछी गोठमा बस्दै आएका अपांग कर्णबहादुर थापा मगरको परिवारले सामाजिक सञ्जाल फेशबुकको शाहयताबाट जुटेको रकमबाट नयाँ घरमा बस्ने अबसर पाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कार्यकर्ता पोस्न सरकारी ढुकुटी लुट


सुरेन्द्र पौडेल
काठमाडौं – सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अस्पतालको लापरबाही, सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा


दिल शिरीष
सुष्मा थापा र योनिबाट १२ दिनपछि निकालिएको प्याड । तस्बिरः अन्नपूर्ण
बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइ’bout नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै


१६ माघ, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्