खि-ल्होसार कुबेतमा भव्यताका साथ मनाइयो (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

कुवेत, डिसेम्बर २९-कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तमूहरु समुदायको सकृय जातिय संस्था तमु समाज कुवेतले आफ्नो महान मौलिक पर्ब तमू ल्होसार विभिन्न खेलकुद,साँस्कृतिक कार्यक्रम का साथ कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा हिजो शुक्र्बार २९ तारिक भव्यताका साथ मनाइयो।
तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, खेलकुद,साँस्कृतिक र पहिचानको जगेर्ना गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ ।

कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा मनाईएको तमु ल्होसार कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । समाज को महासचिब यम तमु र सदस्या रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य खोप बहादुर तमुको सभापतित्व रहेको थियो भने नेपाली दुताबास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यता रहेको थिए भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने समाज को स्थापक अध्यक्ष्य अमर तमु र सल्लाहकार मोहन/प्रेम तमु,ले ल्होसार ’bout प्रष्ट पारेका थिए।

कार्यक्रमा राजदूत यज्ञबहादुर हमालले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए | यसैगरी अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष बीबी मल्ल ठकुरी,नेपाल पत्रकार महासँघ, कुवेत तर्फ बाट जय आले मगर, नेपाल तामाङ घेदुङ कुवैत को पूर्व अध्यक्ष्य,अमृत तमाङ,आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई “चट्याङ ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई ३ चरणमा संचालन गरिएको गरिएको थियो । दोस्रो चरणको कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, डोरी तान्ने, म्युजिकल चियर देखि लिएर साँस्कृतिक कार्यक्रम पनि रहेको थियो। भने समाजका समाजका बरिष्ट सल्लाहकार मन गुरुङ, तमु ले पूजा पाठ अनी धार्मिक परम्परा अनुसार चरा बर्ग र कुकुर बर्गका महिला पुरुषहरुलाई स्याई स्याई गर्दै आशिर्वाद दिएका थिए |

छेलो फाल्ने खेल मा पुरुष तर्फ ३० जान ले भाग लिएको थियो भने छेलो फाल्नेमा प्रथम शिवजी गुरुङ भएको थियो। भने गत सालको बिजेता रणबहादुर बिक दोस्रो भएका थिए। डोरी तान्ने प्रतियोगिता पुरुष तर्फ १५ वाट टिम ले भाग लिएको थियो भने प्रथम आयोजक तमु समाज कुबेत ले हात परेका थिए भने दोस्रो स्थान लम्जुङ सेवा समाज कुबेत भएका थिए। यसैगरी डोरी तान्ने प्रतियोगिता महिला तर्फमा आयोजक टिम प्रथम भएको थियो भने दोस्रो स्थान नेपाली सङ्घीय समाज कुवेत भएका थिए। यसैगरी म्यूजिकल चियर प्रतियोगितामा कविता राई प्रथम र बैजन्ती राई दोस्रो हुन सफल भएका थिए । बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

बक्लो उपस्थितिले खचाखच भरिएको कार्यक्रम हाल मा आन्तिम ५ बजे सम्मा अतिथि आउने क्रम जारी रहेको थियो । समाज को सकृया सदयाहरु लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु समाजका कलकार भाई बहिनीहरु डेनी सन्तोष तमु, रुप तमू, शोभा तमूस्यो, बेद प्रसाद तमु,आसिस तमु, माया तमुस्यो,सुस्मी,हरिकला ले बिभिन्न नृत्यहरु प्रदर्शन गरी भरपुर मनोरन्जन दिलाएको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष खोप गुरुङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )