नयाँ सरकार गठन’bout ओली-दाहालको छलफल


अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेताको जोड
शेखर अधिकारी
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेट भएको छ । दाहाल दिउँसो साढे १ बजे ओली निवास बालकोट गएका थिए । भेटमा दुवै नेताले नयाँ सरकार गठन, पार्टी एकीकरण र राष्ट्रिय सभा सम्बान्धि अध्यादेश’bout छलफल गरेका थिए नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटबार्ता भएको हो। दाहाल तीन दिन चितवनमा भएकाले भेट भएको थिएन।
दुई नेताबीच नयाँ सरकार गठन’bout छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। नयाँ सरकार गठनको लागि अहिलेको सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा दुवै नेता सहमत भएका छन्। अधिकारीले ओलीलाई उद्धृत गर्दै भने, ‘अध्यादेशको गाँठो फुकाउन सरकार आफैंले पहल गर्नुपर्छ। त्यसका लागि अध्यादेश फिर्ता लिनुको विकल्प छैन।’
दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १/२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि दाहाल र ओलीबीच समझदारी भएको छ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )