नेपालीहरुको लगानीमा डाम्पा लाउन्ज (Dampa Launge) रेस्टुरेण्ट संचालनमा


कोश राज राई,कुबेत

डिसेम्बर २५, कुवेत । कुवेतमा नेपालीहरुको अर्को रेष्टुरेण्ट व्यवसाय स्थापना भएको छ । डाम्पा लाउन्ज (Dampa Launge) नामक उक्त रेस्टुरेण्ट व्यवसायीहरु प्रेम गुरुङ, चित्र याक्खा, राणाध्वज लामा लगायत अन्य नेपालीहरुको संयुक्त लगानीमा सल्मिया स्थित सुक सल्मियामा उक्त रेष्टुरेण्ट खोलेका हुन् । अन्य रेष्टुरेण्टहरु भन्दा फरक फ्रेन्चाईज टाईपको रेष्टुरेण्ट मध्येको एक सि फूड रेष्टुरण्ट खोलेका हुन् ।

ईजिप्ट, ईण्डियाका बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहित भब्य रुपमा स्थापना भएको थियो । ईजिप्टको लोक नृत्य तनुरा डान्स र ईण्डियाको बिशेषत केरला राज्यमा चर्चित चण्डा मेलम नामक लोक बाजा तथा अन्य आकर्षक हिन्दी तथा मलयालम गीतहरु प्रस्तुत गरिएको थियो ।

फिलिपिन्स र दुवईमा समेत ख्याती कमाएको उक्त भब्य रेष्टुरेण्ट डाम्पा लाउन्ज (Dampa Launge) रेष्टुरेण्ट तीन फ्लोर रहेको छ । सुबिधा सम्पन्न र शान्त वातावरण रहेको रेष्टुरेण्टमा १ सय जनाको पार्टी हल, ग्राउण्ड फ्लोरमा ३० जना र फस्ट फ्लोरमा ८० जनाको क्षमता रहेको डाईनिङ रहेको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि हार्दिक निमन्त्रणा तथा स्वागत स्वागतको लागी प्रतिक्षारत रहेको संचालक मध्येका एक प्रेम गुरुङले बताए ।

प्रेम गुरुङचौतारी रेष्टुरेण्टका सन्चालक समेत रहेका छन् र राणाध्वज लामा पनि चौतारी रेष्टुरेण्ट कै पूर्व संचालक हुन् । यसका साथै अन्य पार्टनरहरु पनि रेष्टुरेण्ट क्षेत्रमा नै बिशेष दक्षता हासिल गरेका व्यक्तिहरु भएको कारण पनि रेष्टुरेण्टले सफलता पाउनेमा आफू बिश्वस्त रहेको संचालक प्रेमले थपे ।

रेस्टुरेण्टमा भविष्यमा नेपाली परिकारहरु पनि उपलब्ध हुने संचालकहरुले जानकारी समेत गराएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w