तमू ल्होसारको तयारी पुरा,कार्यक्रम स्थल जान-आउन निशुल्क यातायातको ब्यबस्था


कुबेत नेपालडटकम

तमू ल्होसार-२०१७ का अबसरमा आगामी डिसेम्बर-२९, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०१७”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ।

तमू समाज कुवेतका अध्यक्ष खोप बहादुर गुरुङले कुबेतनेपालडटकम सँग भने”गुरुङ जातिहरुको महान पर्व “खि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस बिशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अनुरोध गर्दछु।”

स्थापान काल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि विभिन्न खेलकुद, सास्कृतिक कार्यक्रम,बिशेष खानाको साथ धुमधाम तरिकाले मनाउने भएको छ। खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो।

कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनका लागि मुख्या आकर्षणहरु:-

१,च्यह ल्होसार (चरा वर्ग) लाई बिदाइ तथा खि ल्हो (कुकुर बर्ग )को स्वागत

२,ग्रह शान्ती तथा ल्होकोर पूजा

३,शुभ कामना आदान प्रदान

४,सँस्कृतिक कार्यक्रम

५,छेलो फाल्ने प्रतियोगिता

६,रसी (डोरी) तान्ने प्रतियोगिता (पुरुस र महिला को अलग अलग हुने छ)

७,हाडी फोड्ने प्रतियोगिता

८,म्युजिकल चियर प्रतियोगिता

९,जलपान तथा भोज कार्यक्रम

यहि आउदो डिसेम्बर २९ तरिक २०१७ शुक्रबार को दिन तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन आयोजक तमु समाजले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम : तमु खि ल्हो (कुकुर बर्ग )ल्होसार
मिति : २९ डिसेम्बर २०१७ (शुक्रबार)
समय : अपरान्ह ठिक १२.०० बजेदेखी
स्थान : हिजुल कबड एरिया ब्लक न :१ स्त्रीट न :२ भिल्ला १७१
आयोजक : तमु समाज कुबेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )