कुवेतमा राजेश राईको साथ ख्रीष्टमस २०१७ मनाईयो


आकाश शेर्पा कुबेत

डिसेम्बर २५, कुवेत । नेपाली ख्रीष्टियन चर्च कुवेतको आयोजनामा हरेक वर्ष मनाईने ख्रीष्टियन धर्मावलम्बीहरुको महान पर्व ख्रीष्टमस अर्थात ख्रीष्ट जन्मोत्सव २०१७ नेपालबाट आमन्त्रित कलाकार राजेश राईको साथ मनाईएको छ ।

विश्वभरका येशु ख्रीष्टमा बिश्वास गर्ने हरेक इसाई समुदायले डिसेम्बर २५ तारीखलाई ख्रीष्ट जन्मोत्सवको रुपमा विभिन्न कार्यक्रम गरि मनाइने गरेको छ । सन् २००१मा स्थापना भएको नेपाली ख्रीष्टियन चर्च कुवेतले स्थापना कालदेखि नै कुवेतमा रहेका नेपालीहरुको जमघट माझ ख्रीष्टमसलाइ हर्षोल्लासका साथ मनाउँदै आईरहेको छ ।

नेपाली ख्रीष्टियन चर्च कुवेतका स्थानीय मण्डली पास्टर अगमबहादुर लिम्बुको सभापतित्वमा कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालको प्रमुख अतिथिमा मनाईएको ख्रीष्टमस २०१७ मा नेपाली ख्रीष्टियन चर्च कुवेतका संगीत झुन्डले स्वागत गित गाएर सबैलाई स्वागत गरि विभिन्न गित संगीतको साथ नृत्य प्रस्तुत गरिएको थियो ।

नेपालबाट आमन्त्रित गरिएका गायक राजेश राईले विभिन्न गितहरु प्रस्तुत गरि उपस्थित सबैलाई मनोरञ्जन दिनुको साथै २०१७ को ख्रीष्टमसलाई आशिषमय बनाउनु भएको थियो । प्रमुख अतिथि महामहिम राजदूत यज्ञबहादुर हमालले ख्रीष्टमसको शुभकामना सन्देश दिँदै नेपाल देश विभिन्न जातजातिको र धर्मसंस्कृतीको देश भएकोले सबै जातजाति र धर्मसंस्कृतीमा ख्रीष्टमस तथा नयाँ वर्ष २०१८ ले सबैमा सद्भाव एकता कायम राख्न सकेको होस् भनि शुभकामना प्रधान गर्नु भएको छ ।

इसाई समुदायले ख्रीष्टमसलाई विभिन्न कार्यक्रम गरि एक आपसमा उपहार साटासाट गर्दै मनाउने प्रचलन रहेको छ । हालैका समयमा नेपाल र नेपाली समुदायमा पनि विभिन्न कार्यक्रम र महत्त्वका साथ मनाउदै आईरहेको छ । कुवेतमा पनि इसाई धर्मावलम्बीले ख्रीष्टमसको पुर्वसान्ध्याबाट नै सबैजना भेला भएर विभिन्न कार्यक्रमको साथ उपहार साटासाट र मिष्ठान्न भोजन खाएर मनाउँदै आईरहेको छ ।

नेशनल खराफी कम्पनीका पीडितलाई सहयोग रकम संकलन

ख्रीष्टमसको अवसरमा नेशनल खराफी कम्पनीका पीडितलाई सहयोग रकम संकलन गरिएको छ । पीडितहरुलाई नेपाल फर्काउनको लागि सहयोग संकलन समितिका सदस्य राजन श्रेष्ठ र माधव पौडेल र स्थानीय पास्टर अगमबहादुर लिम्बूको समन्वयमा उपस्थित नेपाली ख्रीष्टियन सदस्यहरुबाट संकलन गरिएको रकम १२८ केडी रकम स्थानीय नेपाली ख्रीष्टियन चर्चका प्रतिनिधिले राजन श्रेष्ठ र माधब पौडेललाई बुझाईएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )