Daily Archives: 26/12/2017

तमू ल्होसारको तयारी पुरा,कार्यक्रम स्थल जान-आउन निशुल्क यातायातको ब्यबस्था


कुबेत नेपालडटकम

तमू ल्होसार-२०१७ का अबसरमा आगामी डिसेम्बर-२९, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०१७”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपालमा रहेका विदेशी : भिसा एउटा, काम अर्कै


शम्भु कट्टेल
काठमाडौं : गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ । मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा राजेश राईको साथ ख्रीष्टमस २०१७ मनाईयो


आकाश शेर्पा कुबेत

डिसेम्बर २५, कुवेत । नेपाली ख्रीष्टियन चर्च कुवेतको आयोजनामा हरेक वर्ष मनाईने ख्रीष्टियन धर्मावलम्बीहरुको महान पर्व ख्रीष्टमस अर्थात ख्रीष्ट जन्मोत्सव २०१७ नेपालबाट आमन्त्रित कलाकार राजेश राईको साथ मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालको अर्थपूर्ण अलमल


दुर्गा खनाल
काठमाडौँ — राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे । तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, दाहाललाई यो कुरा राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि त्यसै दिन साँझ अध्यादेशदेखि पार्टी एकतासम्मका विषयमा छलफल गर्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने कुरा थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सिन्धुपाल्चोक सेवा समाज कुवेतद्वारा संकलित सहयोग अपांग निरोज नेपालीलाई हस्तान्तरण


हरि कृष्ण न्यौपाने,कुबेत

दुबै खुट्टा नचल्ने तथा ढाडमा मासु पलाएर पाकेको(ऐजेरु)को उपचार गराउन नसकेर सुत्न समेत नस्क्ने गरी पूर्ण अपांग बनेका सिन्धुपाल्चोक माङ्खाका १५ वर्षका निरोज नेपालीलाई सहयोगका लागि सिन्धुपाल्चोक सेवा समाज कुवेतद्वारा अभियान सन्चालन गरी संकलित रकम नेरु-१,७८,७४०/-(एक लाख अठहत्तर हजार सात सय चलिस) अपांग निरोज नेपालीलाई हस्तान्तरण गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीहरुको लगानीमा डाम्पा लाउन्ज (Dampa Launge) रेस्टुरेण्ट संचालनमा


कोश राज राई,कुबेत

डिसेम्बर २५, कुवेत । कुवेतमा नेपालीहरुको अर्को रेष्टुरेण्ट व्यवसाय स्थापना भएको छ । डाम्पा लाउन्ज (Dampa Launge) नामक उक्त रेस्टुरेण्ट व्यवसायीहरु प्रेम गुरुङ, चित्र याक्खा, राणाध्वज लामा लगायत अन्य नेपालीहरुको संयुक्त लगानीमा सल्मिया स्थित सुक सल्मियामा उक्त रेष्टुरेण्ट खोलेका हुन् । अन्य रेष्टुरेण्टहरु भन्दा फरक फ्रेन्चाईज टाईपको रेष्टुरेण्ट मध्येको एक सि फूड रेष्टुरण्ट खोलेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्