प्रत्येक संस्था ले कुवेतमा अलपत्रपरेका नेपाली कामदार लाई उद्दारका लागि आर्थिक संकलन समिती गठन


कुबेत नेपालडटकम

कुवेत, डिसेम्बर २४ | नेशनल खरापी कम्पनीमा अलपत्र कामदारहरु र अस्पतालको बेडबाटै दिल्ली पुर्याइएकी अम्बा हमालको उद्दारका विषयमा आज गम्भीर छलफल भएको छ ।

नेपाल कुवेत सरोकार समाज, कल्याणकारी युवा समाज, सृजनशिल युवा समाज, सिन्धुपाल्चोक सेवा समाज र राजदुतावासको साथमा जिलिपको हिमालय रेस्टुरेन्टमा छलफल भएको हो | उक्त छलफलले राहत संकलन समिति बनाएर प्रत्येक संघसंस्थाबाट १०० केडी तोकेरै भएपनी नेशनल खरापी कम्पनीमा अलपत्र कामदारहरुको उद्दार गर्ने निर्णय भएको समितिका उप संयोजक माधब पौडेलले जानकारी दिएका छन् |

कुवेतमा रहेका सम्पुर्ण सघसस्थाहरु सग हातेमालो गरि नेपाल कुवेत सरोकार समाज र कल्याणकारी युवा समाजले यसको नेतृत्व गर्ने भएका छन् | छलफलले नेपाल कुवेत सरोकार समाजका अध्यक्ष दिल स्याङ्बोको संयोजकत्वमा समिति निर्माण गरेको छ | जसमा उप संयोजक माधब पौडेल, सचीवमा राज क्षेत्री सदस्यमा निरज ठकुरि, प्रेम जिमि, राजन श्रेष्ठ र दिल पाखिन रहेका छन् |

नेपाल कुवेत सरोकार समाज र कल्याणकारी युवा समाजले कुवेतमा रहेका सघ सस्था, पत्रकार, मेनपावर ब्याबसायी नेपाली दाजुभाइ तथा दिदिबहिनीलाईको उपस्थितिमा हिमालयन रेस्टुरेन्ट जिलिपमा पत्रकार सम्मेलन गरेको थियो ।

छलफलबाट भएका निर्णयहरु यस्ता छन् |

१. अम्बा हमालको बिषयमा नेपाली राजदुतावास कुवेत र दिल्ली राजदुतावास सग समन्वय गरि नेपाल पठाउने र यस्को फ्लो नेपाल कुवेत सरोकार समाज र कल्याणकारी युवा समाजले गर्ने ।

२. राजदुतावासको कर्मचारी र नेपाल कुवेत सरोकार समाजको प्रतिनिधि जाने ।

३. नेसनल खरापी कम्पनीको नेपाली दाजुभाइलाई सम्पुर्ण सघ सस्था पत्रकार र एनआरएन, मेनपावर र कुवेत रहेको नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु सग हातेमालो गर्दै अगाडि बढने ।

४. सम्पुर्ण सघ सस्थाहरु लाई न्युनतम शुल्क १०० के डि तोकिएको छ ।

५. कुवेतमा रहेको नेपाली दाजुभाइ र दिदिबहिनीहरु सग एक ब्याक्ती १ के डि उठाउने ।

६. प्रत्येक सघ सस्था सग यहि आउने शुक्रबार सम्म आर्थिक सङकलन गर्न ।

छलफलमा अम्बा हमाललाई दिल्लीबाट सकुशल नेपाल फिर्ता कसरी गराउने बिना जानकारी दिल्ली पुर्याउने एजेन्डलाई नेपाली राजदुतावासमा कसरी झिकाएर कारबाही गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल भएको बुझिएको छ |

नेशनल खरापी पीडित राहत सङकलन समिति संयोजक – दिल स्याङ्बो ६०९८२१४४, ६०९३१६३४ उप संयोजक – माधब पौडेल ५५०२०७७९ सचीव – राज क्षेत्री ६५१२३६२८, सदस्य- निरज ठकुरि ६०४४७२९५, प्रेम जिमि ६७६०१९७०, राजन श्रेष्ठ ९४७४०५५६, दिल पाखिन ५०४४९६२९

सभार :हाम्रो संसारडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )