Daily Archives: 24/12/2017

टीकापुर हत्याकाण्ड: रेशम चौधरीलाई पक्राउ गर्ने बाटो खुल्यो


यम विरही
काठमाडौं: कैलालीको टीकापुर नरसंहारका प्रमुख अभियुक्त रेशम चौधरीलाई पक्राउ गर्ने बाटो खुलेको छ । कैलालीका निर्वाचन अधिकृतविरुद्ध चौधरीले दर्ता गराएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदातले आइतबार दिएको आदेशसँगै उनलाई पक्राउ गरी कारबाही अघि बढाउने बाटो खुलेको हो । सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले वारेन्ट जारी भएको अवस्थामा कैलाली पक्राउ नपरेका अभियुक्तविरुद्ध म्यादी पुर्जी पनि जारी हुने जनाउँदै फरार अभियुक्तलाई प्रहरीले जहिलेसुकै पक्राउ गरी अदालनमा दाखिल गराउन सकिने आदेश दिएसँगै चौधरीलाई पक्राउ गर्ने बाटो खुलेका हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतबासी नेपालीले खराफीमा बिचल्ली पेरकालाई खाध्यान्न सहयोग गरे


कुबेतनेपाल डट कम

कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत नेपालीहरुले बिगत केही महिनादेखी पारिश्रमिक नपाएको र केही हप्तादेखी कम्पनीले उनिहरुलाई खाना समेत नदिएकोले बिचल्लीमा परेको समाचार अहिले भाईरल जस्तै बनेको छ पढ्नेक्रम जारी राख्नुहोस्

एमाले-माओवादी केन्द्रको एकतामा को बन्दैछ ‘भिलेन’ ?


काठमाडौँ : प्रदेश र प्रतिनिधि सभा निर्वाचन लगत्तै मिल्ने सहमतिसहित वाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया पछिल्लो समय अल्मलिएको छ । एकता प्रक्रिया अघि बढाउन बनेको दुई दलको एकता सं‌योजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा केही जटिलता रहेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रियसभा गठनको विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उनले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली प्रबसी टेक्सी ब्याबसय संघ कुवेतको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा सुनबहादुर तामाङ


कुबेतनेपाल डट कम

कुवेत, डिसेम्बर २२ कुबेत नेपाली प्रवासी ट्याक्सी ब्याबसायी संघ कुवेतको अध्यक्षमा पुन सुन बहादुर तामाङ,निर्बिरोध चयन भएका छन्। फर्वानिया स्थित राजधानी होटलमा भएको प्रथम अधिबेशनले अध्यक्षमा सुन बहादुर तामाङ सहित सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कुबैत च्याप्टरको तेस्रो अधिवेसन मार्च २०१८ मा


कुबेत नेपालडटकम

कुबैत २३ डिसेम्बर – कुबैतमा २०१० देखी कृयाशिल रहदै आएको अन्तराष्ट्रीय नेपाली साहित्य समाज कुबैत च्याप्टरले तेस्रो अधिवेसन अगामी मार्चमा गर्ने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्