कुवेतको खराफी कम्पनीमा कार्यरत नेपालीको समस्या उस्तै : दूतावास प्रतिवेदन कुर्दै


कोशराज राई/ कुवेत ।
पुस ७ – कुवेतस्थित नेपाली दूतावासका दित्तीय सचिव ज्ञानबहादुर मगरले खराफी नेशनल कम्पनीमा नेपालीलाई परेको समस्या’boutको प्रतिवेदन आएपछि मात्रै समस्या समाधान गर्न सहज हुने बताउनुभएको छ ।
बिहीबार साँझ खराफी नेशनल कम्पनीमा समस्यामा परेका नेपालीको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा दूतावास र कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाबीच भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

वास्तविक समस्याको प्रतिवेदन नआएको र कति नेपाली छन् भन्ने पनि यकिन नभएकाले उद्धारका लागि प्रतिवेदन कुर्नपर्ने उहाँको भनाई छ । नेपाली दूतावास कुवेत र नेपाल कुवेत सरोकार समाजको संयुक्त आयोजना गरेको छलफलमा नेपाल सरकार र सम्वन्धित म्यानपावरले नै समस्या समाधान गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । समस्यामा परेका नेपालीलाई तत्काल राहतका लागि दूतावासले पनि भूमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो ।
सहभागीको धारणा सुनेपछि दूतावासका दित्तीय सचिव ज्ञानबहादुर मगरले आएको समस्यालाई सम्वन्धित निकायमा पठाउने र समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।
कम्पनीमा कति नेपाली कार्यरत छन् भन्ने यकिन नभएपनि ३ सयको हाराहारीमा भएको दूतावासको अनुमान छ । यसमध्ये दूतावास र म्यानपावरको संयुक्त पहलमा २० जना नेपाली नेपाल फर्किसकेका छन् ।
२० जना नेपालीको ओभरस्टे वापतको जरीवाना उनीहरुलाई पठाउने म्यानपावर कम्पनी एसओएसले नै तिरेपछि नेपाल फर्काइएको हो । यसअघि कुवेतमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र त्यहाँ रहँदा खाना बस्न व्यवस्था मिलाउन कुवेत स्थित दूतावासलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।
कम्पनीमा किन आयो समस्या ?
कुनैबेला कुवेतको सबैभन्दा प्रतिष्ठित कम्पनीको रुपमा परिचित नेशनल खराफीमा हजारभन्दा धेरै नेपाली कार्यरत थिए । कम्पनीका मुख्य मालिक जासिम अल खराफीको २०१५ मा निधन भएपछि कम्पनीमा समस्या आउन थालेको हो ।

कम्पनीमा समयमा तलब नपाउने, भिसा नलाग्ने जस्ता समस्या बढ्न थाल्यो । जसको परिणाम हरेक महिना कम्पनीमा हडताल हुने, कैयौं दिनसम्म काम ठप्प हुन थाल्यो । धेरैले काम छाडे ।
कम्पनीमा रहेकामध्ये कतिको १७ महिनादेखि भिसा लागेको छैन भने कतिको भर्खर सकिएको छ त कतिको केहीदिन भित्रै सकिंदैछ । तलब नपाउने समस्या पनि उस्तै छ । यस’bout कुवेतको जिफन्टका पदाधिकारीसँग कुरा गरेपनि समस्या समाधानमा पहल नभएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेको भनाई छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )