Daily Archives: 21/12/2017

लुम्बिनी समाजद्वारा तारा थापालार्इ सहयोग हस्तान्तरण गर्दै अभियान समापन


कुबेत नेपालडटकम

 लुम्बिनी समाज नेपाल-कुवेतले तारा थापा सहयोग अभियानलार्इ उनको नाममा उठेको सहयोग रकमको अन्तिम किस्ता हस्तान्तरण गरी पुर्णविराम लगाएको छ । समाजले तारा थापालार्इ नेपाल पठाउन चालेको अभियानमा उठेको रकम बिभिन्न क्षेत्रमा खर्च गर्दै उनलार्इ नेपाल पठाए पछि बचेको १ लाख रूपैयाँ उनको घरमै पुगेर गरेको हो । कुबेतबाट पठाईएको उक्त रकम समाजका संरक्षक राजु कार्की र प्रमुख अभियन्ता नबराज पन्थीले तिनाउ गाउँ पालिका वार्ड न २ दोभान बोटे गाउँमा रहेको तारा थापाको परिवारलाई वडा अध्यक्ष राजेश श्रेष्ठ एवं स्थानीयवासको रोहवरमा बुझाईएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा अलपत्र कामदारका विषयमा आज दुताबासमा छलफल हुने


कुबेत नेपालडटकम

कुवेत, डिसेम्बर २१- कुवेतको खराफी नेशनल कम्पनीमा अलपत्र परेका नेपाली कामदारहरुको के कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने बिषयमा आज बेलुका कुवेतको नेपाली दुतावासमा छलफल हुने भएको छ | कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरु र नेपाली समुदायकै पहलमा बिहीवारको छलफल हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

क्यान्सर पिडिंत बालक बचाउ अभियान (सृजनशिल युवा  समाज नेपाल कुवेत)



कुवेत,21 डिसेम्बर।
  सृजनशिल युवा  समाज नेपाल कुवेतले पैसाको अभावमा दायाँ खुट्टामा क्यान्सरको उपचार गराउन नसकेर पिडित भएका बालक सुदूरपश्चिम दुर्गम जिल्ला दार्चुला   नौगाड गाउँपालिका का ५ वर्षे रोशन धामिलाइ सहयोग गर्न अभियान थालेको छ।उक्त अभियान कुवेतमा सृजनशिल युवा समाज नेपाल कुवेतका  अध्यक्ष पुष्कर सिंह धामिको अध्यक्षतामा  संन्चालन गरिएको छ। कलिलै उमेरमा क्यान्सर भैई  कस्टकर जीवन बिताउन बाध्य रोशन धामिलाई सहयोग गर्न सृजनशिल युवा समाज नेपाल कुवेतले कुवेत लगाएत संसारभर छरिएर रहनुहुने सम्पुर्ण दानविर नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूलाइ अपिल गर्दै   *एकथुकी सुकी हजार थुकी नदी भन्ने नारा लिइ * यो अभियान शुरु  गरिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा विदेशी कामदारले नयाँ वर्षदेखि लेबी तिर्नु नपर्ने, नेपालीलाई पनि लाभ


६ पुस, काठमाडौं । मलेसियामा कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जेरुसेलम विवादमा एक्लिए ट्रम्प, आर्थिक सहयोग रोक्ने धम्की


६ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ग्यास कि सिलिन्डर बम ?


९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर
राजु चाैधरी
काठमाडौँ — मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा चलेका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्