Daily Archives: 18/12/2017

बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत


चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएको बुढीगण्डकी सरकारले खोस्यो
काठमाडौ– बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चुनाव नेपालको, प्रचार चीनको


बसन्त बस्नेत
काठमाडौं : वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन् । लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले-माओवादी गठबन्धनप्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ । पढ्नेक्रम जारी राख्नुहोस्

ट्रम्पकाे कटाक्ष– रद्दीको टोकरीमा फालिएकाहरु डीभी परेर अमेरिका आए


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्