Daily Archives: 17/12/2017

झापाली समाज कुवेतले तेस्रो महाधिवेशन तथा बनभोज कार्यक्रम गर्दै


कुबेत नेपालडटकम

झापा जिल्ला स्थायी घर भइ रोजगारीको लागि कुवेतमा बासोबास गर्ने झापा जिल्ला बासीहरुको संस्था झापाली समाज कुवेतले यहि डिसेम्बर २९ तारीख शुक्रबारका दिन तेस्रो अधिवेशनको साथ वनभोजको कार्यक्रम गर्ने भएको छ ।

Advertisements

लुम्बिनी समाज नेपाल-कुवेतद्वारा बिरामी अनिश क्षेत्रीलाई आर्थिक सहयोग


कमल सिम्ताली,कुबेत

कुवेत,१७ डिसेम्बर। लुम्बिनी समाज नेपाल-कुवेतका पुर्बअध्यक्ष तथा संरक्षक एची.पी. खत्री को पहलमा बुटवल उपमहानगरपालिका वडा न. ११ देवीनगरका अध्यक्ष रामचन्द्र क्षेत्रीकाे प्रमुख अतिथिमा आयाेजित कार्यक्रममा लुम्बिनी समाज नेपाल कुवेतले नबिन आैधाेगिक क़दर बहादुर रीता मा.बि. देवीनगरमा अध्ययनरत दुवै मृगाैला फ़ेल भएका बिधार्थी अनिश क्षेत्रीकाे जिवन रक्षाका लागी संकलित रक़म रू ८१,१११ पिडितका हजुरआमा यमकला क्षेत्रीलाई हस्तान्तरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि


पुस २, २०७४-नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

समानुपातिकतर्फको मतगणना सकियो


पुस २, २०७४-२०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस ४६ हजार २ सय २७ मतले पछाडि छ । मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । ‘मतगणना सकिएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले कान्तिपुरसित भने, ‘फाइनल मतपरिणाम सार्वजनिकको तयारीमा छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल-देउवा भेटवार्ता, यस्तो भयो कुराकानी


नवीन झा /रामकृष्ण अधिकारी
काठमाडौं : सरकार निर्माण, राष्ट्रियसभा अध्यादेश र प्रदेश प्रमुख नियुक्तिलगायत विषयलाई लिएर राजनीतिक ध्रुवीकरण बढिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका छन्। धानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा देउवाले राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेपछि दाहालले जनमतको सम्मान गर्न सम्झाएको दाहालका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्