नेपाल कुवेत साँस्कृतिक मन्चको आफ्नो ८औं वार्षिकोत्सव संम्पन्न


प्रसाद तिम्सीना,कुबेत

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो ८औं वार्षिकोत्सव कुवेतको जिलिप स्थित खुल्ला पार्कमा सम्पन्न गरेको छ |
मन्चले सदा वर्ष जस्तै वार्षिकोत्सव मनाएता पनि यो बर्ष भने भिन्न ढंगले मनाएको छ | मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथितिको रुपमा मन्चका वरिष्ठ संरक्षक टीकाराम आचार्य रहनु भएको थियो भने विशिष्ट अथितीमा मन्चका सल्लाहाकार तथा NRNA कुवेतकी उपाध्यक्ष सुमित्रा पौडेल रहनु भएको थियो | मन्चमा आवध्द सम्पूर्ण संरक्षक, सल्लाहाकार, कार्यसमिति सदस्य कलाकार दाजुभाइ,दिदीबहिनीहरु र साँस्कृतिक मन्च प्रति माया गर्नु हुने उपस्थिति शुभचिन्तकहरुलाई उपाध्यक्ष डोलराज न्यौपानेले स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो |

यसै ८औं वार्षिकोत्सवमा शुभकामना मन्तब्य दिने क्रममा मन्चका डान्स डाईरेक्टर, कोडियोग्राफर, संगीतकार तथा हास्यकलाकार नबिन श्रेष्ठ, सुमित्रा पौडेल, सुजल कार्की, उमा घिमिरे, प्रसाद तिम्सीना, सरस्वती बराल र जीवन सुनुवारले दिनु भएको थियो | तेसै गरि साँस्कृतिक मन्च अहिले यहाँ सम्म आईपुग्न बिभिन्न वाधा अर्चना समस्या कठिनाईहरु भोगिएता पनि साँस्कृतिक मन्च कुवेतको नेपाली समाजमा एक छुट्टै कला सांस्कृति बोकेको कलाकारहरुले भरिपूर्ण भएको र बिभिन्न सामाजिक सेवामा पनि सन्लंघ सांस्कृतिक संस्था हो भन्दै मन्चका संरक्षक लोक गाएक माधब शर्मा र प्रमुख अथिति मन्चका वरिष्ठ संरक्षक टीकाराम आचार्यले बिस्तृत कुरा जानकारी गराउदै अब यस सांस्कृतिक मन्चले आगामी आउने दिनहरुमा अब झन भिन्न तरिकाले कार्यक्रमहरु गर्ने छ भन्दै मन्चको अझै उतर-उतर प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य दिनु भएको थियो |

यसै बिचमा मन्चको आफ्नो वार्षिक प्रतिवेदन कोषाध्यक्ष युबराज गैरेले मन्चको आर्थिक आय व्यायको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो |कार्यक्रम शुरु हुने ढिला भनिएता पनि २ बजे बाट शान्त वातावरणमा साँझ ५:३० बजे सम्म कार्यक्रम संचालन महासचिब कृष्ण सुनुवारले गर्नु भएको थियो |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )