सिर्जनशील युवा समाजको अध्यक्षमा पुन : पुष्कर सिंह धामी


हाम्रो संचार संवाददाता

कुवेत, डिसेम्बर १५- सिर्जनशील युवा समाज कुवेतको अध्यक्षमा पुन : पुष्कर सिंह धामी निर्बिरोध चयन भएका छन् | फर्वानिया स्थित राजधानी होटलमा भएको प्रथम अधिबेशनले अध्यक्षमा पुष्कर सिंह धामी सहित सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन गरेको हो |

समाजका अध्यक्ष पुष्कर सिंह धामीको सभापतित्व तथा नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेसनमा राजदुत हमाल पत्नी रिता हमाल, दुताबासका प्रथम सचिब भोगेन्द्र लिङदेन, तृतीय सचिब सुरेस अधिकारी, पत्रकार कोषराज राई बिशेष अतिथि रहेका थिए भने अन्य संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी अतिथि रहेका थिए |

अधिबेसनमा प्रमुख अतिथि राजदुत यज्ञ बहादुर हमाल, दुताबासका प्रथम सचिब भोगेन्द्र लिङदेन, तृतीय सचिब सुरेस अधिकारी, पत्रकार कोषराज राई, खोटाङ कुवेत सम्पर्क मंच अध्यक्ष प्रेम कटुवाल, किरात राई यायोक्खा कुवेत शाखाका अध्यक्ष मन्जित राई, जनसम्पर्क समिति कुवेतका सल्लाहकार राजेन्द्र बिरहि, अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष बीबी मल्लले मन्तब्य दिएका थिए भने सुदूरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्काले साहित्यिक रचना सहित मन्तब्य दिएका थिए | यसैगरी कार्यक्रममा संस्थाका कलाकारहरुले बिभिन्न सांगीतिक प्रस्तुति दिएका थिए |

समाजले अधिबेसनको अवसर पारेर कुवेतबाट संचालित सम्पूर्ण मिडियाहरु, सहयोगी र संस्थाका सदस्यहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो | कार्यक्रमलाई रोसन राईले संचालन गरेका थिए भने महिला सदस्य सन्ध्या मगरले स्वागत गित मार्फत उपस्थितलाई स्वागत गरेकी थिइन् |

कार्यक्रमका सभापति धामीले बिभिन्न समस्यामा परेका नेपाली चेलीहरु तथा नेपाली दाजुभाइहरुको उद्दार गर्दा बिभिन्न समस्या झेल्नु परेको र आफु जेल सम्म जानु परेको आफ्नो तितो अनुभब सुनाउदै कार्यक्रममा उपस्थित भएर सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए |

नवनिर्वाचित कार्यसमिति यस प्रकार छ |

संरक्षक : रमेश पौडेल

सल्लाहकार : राज क्षेत्री, नीर कुमारी राई

पुष्कर धामि : अध्यक्ष

उपाध्यक्ष : बिजय कुमार तामाङ

महिला उपाध्यक्ष : सन्ध्या मगर

महासचिव : प्रदिप राई

सचिव : रोसन राई

सहसचिव : केशव मगर

कोषाध्यक्ष : दिपेन्द्र थापा क्षेत्री

सह कोषाध्यक्ष : बिष्णु कार्कि

प्रचारप्रसार बिभाग : पुष्कर खडका

प्रमिला राई : महिला संयोजक

सदस्यहरु – गोपाल राई, गगन बिस्ट, हिमाल अन्जान, तिर्थ राज, मन्धोज तामाङ, दिपक धामि, युव राज घिमिरे, प्रमिला गिरि, रजिना राई, पार्वती गाह मगर, सुनिता राई र संगिता गोले

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )