Daily Archives: 11/12/2017

प्रतिनिधिसभाका २१ क्षेत्रकाे परिणाम आउन बाँकी, बाम गठबन्धन दुई तिहाई नजिक


२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो । पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’


आनन्द गौतम, ताप्लेजुङ
मंसिर २५, २०७४-प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला । पढ्नेक्रम जारी राख्नुहोस्