तीनवटा किराती संस्थाहरुले एकैसाथ मनाए उधौली, चासोक तङ्नाम र रापवा श्यादर पीदार


कोशराज राई,कुबेत

डिसेम्बर ९, कुवेत । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो आयोजित कार्यक्रम एकैसाथ उधौली, चासोक तङ्नाम र रापवा श्यादर पीदार २०१७ बिविध कार्यक्रम गरी मनाएका छन् ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य प्रस्तुतिहरु किरात राई यायोक्खाका कलाकारहरु रोशन राई र यदुराज राईले आ-आफ्नै रचनामा सजिएका साकेला गीत र मारुनी गीत, शान्ति राई र रिदम राईले कविता वाचन, किरात राई यायोक्खा कुवेत शाखाको स्थापना कालदेखी हालसम्मको गतिविधि समेटिएको स्मारिकाको विमोचन र किरात याक्थुङ चुम्लुङ कुवेतकी सदस्य शर्मिला शेर्मा लिम्बूको विदाई समेत गरिएको थियो ।

नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङ, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई चट्याङ, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, समाजसेवी एवम् एनआरएनए कुवेतका सल्लाहकार सुरज मास्के, एनआरएनए कुवेतकी महिला प्रतिनिधि सुस्मिता लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ कुवेतका महासचिव एवम् नेपाल तामाङ घेदुङ कुवेतका पूर्वाध्यक्ष अमृत तामाङ, नेपाली जन-प्रगतिशील मञ्च कुवेतका अध्यक्ष मनकुमार गुईंदेल, सुनुवार सेवा समाजका अध्यक्ष गुणबहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बलबहादुर काम्बाङ, खोटाङ कुवैत सम्पर्क मञ्च कुवेतका अध्यक्ष प्रेम कटवाल, किरात राई यायोक्खा कुवेतका पूर्वाध्यक्ष एवम् वर्तमान सल्लाहकार राजकुमार राई, संघिय समाज कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै समग्रमा तीनवटा किरातहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र कार्यक्रमले फुटेर होईन जुटेर अगाडी बढ्ने संदेश दिएको बिचार व्यक्त गरेका थिए ।

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व र नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा संचालन र किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

अब्बासिया स्थित रिदम हलमा आयोजित कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति मन्जित चाम्लिङ राईले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.