महिनौ देखि पारिश्रमिक नपाउदा कुबेतको एक कम्पनीमा सयौ नेपालीको बिजोग


हरि कृष्ण न्यौपाने,कुबेत

कुबेत – मङ्सिर १९- कुवेतको पुरानो र ठुलो कम्पनी नेशनल खराफी कम्पनीमा केही प्रेजेक्ट अन्तर्गत कार्यरत सुलेबिया क्याम्पमा रहेका करिब २०० जना भन्दा बढी नेपाली कामदारहरु लामो समय देखी पारिश्रमिक नपाएको र केही दिन देखी कम्पनीले खाना समेत नदिएकाले बिचल्लीमा परेका छन।पीडितहरुले तत्कालका लागि खाना तथा स्वदेश फर्काउन समेत सहयोग गर्न कुवेतमा कार्यरत सम्पूर्ण नेपाली संघ-संस्थाहरु, पत्रकार अनी दूतावासलाई अनुरोध गरेका छन।
सुलेबिया क्याम्पको अस्तब्यस्तताका ’bout तीतोपाटी सँग कुरा गर्दै पीडित भिम अर्यालले भने “हामी तीन दिन देखी धाराको पानी मात्र पिएर बसी रहेका छौ।केही साथीहरु बिरामी परिसकेका छन।त्यसैले हामीलाई मानबिय सहयोगको खाँचो छ। “त्यसै गरी करिब ९ महिनाको पारिश्रमिक नपाएर स्वदेश फर्कने आशमा ५ महिना देखी बिना काम मिनअब्दुल्ला क्याम्पमा घर फर्कने दिन कुरेर बसेका सुरेश कुमारले भने “हामीलाई पनि कहिलेबाट मेस बन्द गरेर भोकै राख्ने हो थाहा छैन।”घर फर्कनका लागि भिसाको म्याद नाघेर नबिकरण नगरेका कारण ओभर स्टेको पैसा कसले तिरिदिने? उनले भने हामीलाई छिट्टै घर फर्काउन पहल गरिदिनु पर्‍यो।

नेशनल खराफीमा कार्यरत पीडित नेपालीहरुको समस्या हेरिरहेका नेपाली दूतावासका द्वित्तीय सचिब ज्ञान बहादुर मगरले तीतोपाटी सँग भने”हामी सके सम्म छिटो पीडितहरुलाई स्वदेश फर्काउन कोशीस गरिरहेका छौ।डिसेम्बर ५ तारिक बेलुका सुलेबिया क्याम्पमा पीडितहरुलाई खाना लिएर पुगेका मगरले भने”दूतावासको पहलले मात्र तत्काल समस्या समाधान हुँदैन, कुवेतमा रहेका सम्पूर्ण नेपाली सघं-संस्थाहरुले हातेमालो गरेर पीडितहरुलाई खानाको ब्यबस्था गरिदिन म अनुरोध पनि गर्दछु।उनले थपे” सकिन्छ भने सबै संघ-संस्थाले केही सहयोग उठाएर आर्थिक सहयोग गरेर ओभर स्टे चार्ज तिर्न सहयोग गरे उनिहरुलाई स्वदेश फर्काउन सजिलो हुनेथियो।मगरले नोभेम्बर महिना भित्रमा क्रमश भिसा नबिकरण र पारिश्रमिक पनि दिने भने पनि कम्पनीले अहिले झन खाना समेत नदिएकाले भोली नै कम्पनीको मेनेजरलाई भेटेर बाँकी कुराहरु र बिशेष गरी तत्कालका लागि खानाको ब्यबस्था गर्न भन्ने छु।”

पीडितहरुलाई नेपाल फर्काउनको लागि ९४ जनाको नाम लिस्ट तयार भएको बताउदै द्वित्तिय सचिब मगरले भने” ९४ कामदार मध्ये २३ जनाको भिसा म्याद भएकाले टिकट उपलब्ध हुने बित्तिकै पठाउने र बाँकी ७१ जनालाई भने कम ओभर स्टे जरिवाना हुनेलाई जरिवाना तिरेर र बाँकीलाई पनि क्रमश पठाउने छौ।” पीडित मध्ये धेरै जना एस ओ एस म्यानपावरका भएका र केही लोटस र गल्फ मेनपावरका भएकाले नेपालबाट म्यानपावर सँग पनि छलफल र सहयोगको लागि प्रकृया चलिरहेको छ।उनले भने लामो समय देखी पारिश्रमिक नपाएको र भिसा समेत नबिकरण नभएका कारण जटिलता बढी रहेको तितोपाटीमा खबर छ।
यसै बिच कुवेतमा रहेका नेपाली संघ-संस्था र सहयोगी व्यक्ति बिशेषहरुलाई पीडितहरुका लागि खाद्दान्न सहयोग गर्न अपिल गर्दै भोली नोभेम्बर ६ तारिक सहयोग संकलन गरी बेलुका सम्म पीडितहरुको क्याम्पमा पुर्याउने पहल थालिएको छ।सहयोग र सम्पर्क अनि सहकार्यका लागि निम्न ब्यक्ती वा संस्थाहरुले सम्पर्क गर्नु होला।

कल्याणकारी नेपाली युबा समाज- निरज ठकुरी-६०४४७२९५, प्रदिप कार्की-५१२७९९२२
जिफ्न्ट सपोर्ट ग्रुप- अर्जुन बस्नेत-६६६८६६०४
मध्य पश्चिम सेवा समाज-गणेश राउत-६५०८१५३२,५०२८२००९
पत्रकार महासंघ- हरि कृष्ण न्यौपाने-६५०४२२१६
सिन्धुपाल्चोक सेवा समाज-माधब पौडेल-५५०२०७७९
राजेन्द्र तामाङ- एनआरएनए पूर्व अध्यक्ष-९७२०४६६३
नेपाल तामाङ घेदुङ( राम लामा-९०९११२९६
एनआरएनए कुवेत-हरी लावती तथा एनसिसी परिवार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )