आउदो २५ डिसेम्वर सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिष्टमसको चुले निम्तो


कुबेत नेपालडटकम

ईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ ।

आफ्नो धार्मिक परम्परा र संस्कृतिलाई दिगो राख्न र जगेर्ना गराउन युरोप र अमेरिकी मुलका मात्र नभई संसारका हरेक कुनामा रहेका ईसाईहरु यस पर्वलाई मनाउन आतुर देखिन्छन भने कुवेतको नेपाली समाजमा बर्षौदेखी चिर-परिचित इभान्जेलिकल नेपाली चर्च कुवेतले पनि हरेक बर्ष झैं यसपाली पनि २५ डिसेम्बरका दिन भव्यतापूर्वक क्रिष्टमस मनाउने तयारी गरेको छ ।

सारा संसारका एक मात्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सब (बडादिन ख्रीष्टमसको) कार्यक्रममा, बिगत लामो समयदेखी काठमाडौं पाटन चर्चका (युवा जवान भाई बहिनिहरुको) बिच ख्रीष्टिय संगित माध्याम द्धारा सेवाकाई गर्दै आउनु भएका हाम्रा आमन्त्रित चर्चित पाहुना, बरिष्ट संगितकार तथा गायक राजेश राईको साथमा यही आउदो २५ डिसेम्वर २०१७ नेपाली ख्रीष्टियन चर्च कुवेत नगरिमा (बडा दिन)ख्रीष्टमस कार्यक्रम भब्यताकोसाथ मनाउने आयोजना गरिएको हुनाले, इभान्जेलिकल नेपाली चर्च कुवेतका धर्मगुरु पाष्टर अगम बहादुर लिम्बुले कुवैतमा रहनुहुने बिभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु, खेलकुद प्रेमी मित्रहरु, समाज सेवी अग्रजहरु, मेनपावार व्यावसायी मित्रहरु, सास्कृतिक क्षेत्रका कलाकार प्रेमी मित्रहरु, पत्रकार मित्रहरु लगायत सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु उक्त (बडा दिन ख्रीष्टमस) कार्यक्रमा हजुरहरुको गरिमामय उपस्तिथिको निम्ती नेपाली ख्रीष्टियन चर्च कुवैत मन्डली हार्दिक निमन्त्रणा गर्दछ।
कार्यक्रमको झलक:
मिती 25 डिसेम्बर. सोमबार २०१७ सोमबार ।
समय : ठिक दिउसो १२:०० देखी ३:०० बजे सम्म ।
स्थान : नेपाली ख्रीष्टियन चर्च मालिया कुवैत सिटी ।
संपर्क : 94455103 / 67704126 / 60437701/55987669‬
साथमा: बरिष्ट युवा गायक राजेश राई द्धारा सु-समचार युक्त भजन तथा एकल गित अनी स्थानिया युवा भाईबहिनिहरु द्धारा नित्र्य ।
कार्यक्रम पस्चात बिशेष प्रेमभोजको ब्यावस्था ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )