अवैध बाटो हुँदै कुवेत पुगेकी बर्दियाकि अम्बा हमाल अलपत्र ! सहयोग गरिदिन अपिल


माधब शाही ,कुवेत 
कुवेत -नेपाल सरकारले खाडी मुलुकमा घरेलु महिला कामदारहरुलाई रोजगारीको लागि जान पुर्ण रुपमा बन्देज गरेको छ । तर यी कुरा थाहा हुँदाहुँदै पनि धेरै धन कमाई परिवारलाई सुख दिने सपना बोकेर दुई महिना अगाडि बर्दिया बेलुवा राझा -७ घर भएकी अम्बा कुमारी हमाल एजेन्ट मार्फत गैर-कानुनी तरवरले कुवेत आईपुगिन । तर जे सोंचेर उनी कुवेत आएकि थिइन् त्यहाँ त्यो भन्दा फरक भैईदियो । आएको एक महिना पछि उनलाई पाठेघरमा समस्या देखा पर्यो र त्यसकुराको अवगत अम्बाले आफ्नो घर मालिक मार्फत कुवेतमा रहेको एजेन्ट लाई गराइन । एजेन्टले उनलाई घरमा शरण त दियो । तर औसधि उपचार गराउनुको सट्टामा उनलाई उल्टै आफ्नो आफन्तसंग सम्पर्क बिहिन बनायो । बरु उनलाई १७ दिन सम्म कोठा भित्रै थुनेर राखियो।

हमाललाई पाठेघरमा रक्तस्रावको समस्याले झन झन् च्याप्दै गयो। यो कुरा पछि केही गरि कुवेतमै रहेकी उनको दिदीले थाहा पाइन् । आफ्नो बहिनीको त्यस्तो अवस्था ’boutमा थाहा पाएपछि दिदिले उनलाई भेट्न् खोजिन तर शुरुमा उनलाई भेट्न् दिइएन।यो कुरा पछि दिदिले कुवेतमा रहेको सामाजिक संस्था सृजनशिल युवा समाजका संस्थापक पुष्कर धामि,कृति गोले र नेपालमा दावा तामाङ लगायतलाई बताईसकेपछि उनिहरुकै सहयोगमा पीडित लाई अस्पतालमा भर्ती गरियो । पीडितको अवस्था साह्रै नाजुक भएको , जस्तै शरीरको दायाँ पट्टिको भाग जाम भएको र दिमागमा खुन जमेको अस्पतालले जनाएको छ।

पीडितको दिदी गौरी हमालले जनाए अनुसार सुर्खेत सहारे -५ घर भइ हाल काठमाडौं टोखा बस्ने शशी राम खड्का मार्फत उनी कुवेत आएकि हुन् ।अहिले नेपालमा शशीराम खड्कालाई सम्पर्क गर्दा उनले सहयोग नगरेको र उल्टो धम्की दिएको उनको सहयोगमा जुटेका सृजनशिल युवा क्लबका संस्थापक पुष्कर धामीले बताएका छन् । साथै धामीले पीडितको यो अवस्थामा कुवेत लगायत दुनियाँ भरी छरिएर बसेका नेपाली लाई आ- आफ्नो ठाउँ बाट सहयोगको लागि अपिल समेत गरेका छन् । त्यसो त उनलाई उपचारको लागि अस्पताल सम्म ल्याउन नेपाली राजदुतावास कुवेतले पनि सहयोग गरेको हो । पीडित अम्बा कुमारी हमालको उपचार तथा उनलाई घर फर्काउनको लागि जो कोहीले पनि सहयोग गर्न चाहेमा निजको दिदी गौरी मल्ल ००९६५५०५६२७१६ र सृजनशिल युवा क्लब कुवेतका संस्थापाक पुष्कर धामी ००९६५५५४३८७५७ नम्बरमा सम्पर्क गर्न दिदी गौरी मल्लले अनुरोध गरेकी छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )