Daily Archives: 06/12/2017

नेपालद्वारा यूएईसामू २ सय २२ रनको लक्ष्य प्रस्तुत


मंसिर २०, २०७४-नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले यूएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आठ दिनभित्रै सबै मतपरिणाम, यसरी मिलाइएको छ व्यवस्था


गोविन्द लुइँटेल
काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापन’bout जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ । मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छैाँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

पिसाब फेरेको निहुँमा वाम गठबन्धनमाथि फोरमको आक्रमण


राजकरण महतो
बर्दिबास : महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए । प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

आउदो २५ डिसेम्वर सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिष्टमसको चुले निम्तो


कुबेत नेपालडटकम

ईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

अवैध बाटो हुँदै कुवेत पुगेकी बर्दियाकि अम्बा हमाल अलपत्र ! सहयोग गरिदिन अपिल


माधब शाही ,कुवेत 
कुवेत -नेपाल सरकारले खाडी मुलुकमा घरेलु महिला कामदारहरुलाई रोजगारीको लागि जान पुर्ण रुपमा बन्देज गरेको छ । तर यी कुरा थाहा हुँदाहुँदै पनि धेरै धन कमाई परिवारलाई सुख दिने सपना बोकेर दुई महिना अगाडि बर्दिया बेलुवा राझा -७ घर भएकी अम्बा कुमारी हमाल एजेन्ट मार्फत गैर-कानुनी तरवरले कुवेत आईपुगिन । पढ्नेक्रम जारी राख्नुहोस्

महिनौ देखि पारिश्रमिक नपाउदा कुबेतको एक कम्पनीमा सयौ नेपालीको बिजोग


हरि कृष्ण न्यौपाने,कुबेत

कुबेत – मङ्सिर १९- कुवेतको पुरानो र ठुलो कम्पनी नेशनल खराफी कम्पनीमा केही प्रेजेक्ट अन्तर्गत कार्यरत सुलेबिया क्याम्पमा रहेका करिब २०० जना भन्दा बढी नेपाली कामदारहरु लामो समय देखी पारिश्रमिक नपाएको र केही दिन देखी कम्पनीले खाना समेत नदिएकाले बिचल्लीमा परेका छन।पीडितहरुले तत्कालका लागि खाना तथा स्वदेश फर्काउन समेत सहयोग गर्न कुवेतमा कार्यरत सम्पूर्ण नेपाली संघ-संस्थाहरु, पत्रकार अनी दूतावासलाई अनुरोध गरेका छन।
पढ्नेक्रम जारी राख्नुहोस्