तीनवटा किराती संस्थाहरुले एकैसाथ मनाउने उधौलीको सम्पूर्ण तैयारी पुरा, उपस्थितिको लागी चुलेनिम्तो


कोशराज राई/कुबेत

डिसेम्बर ४, कुवेत । लगभग एकै किसिमको संस्कार संस्कृति अवलम्वन गर्ने कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले एकैसाथ आगमी शुक्रबार मनाउने उधौली/ चासोक तङ्नाम/ रापवा श्यादर पीदार २०१७ को सम्पूर्ण तैयारी पुरा भएको छ ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नृत्य, लिम्बूहरुको मौलिक नृत्य केलाङ नृत्य र सुनवारहरुको मौलिक झाँकी श्याँदर नृत्य अन्य बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु र किरात राई यायोक्खा कुवेत शाखाको स्थापना कालदेखी हालसम्मको गतिविधि समेटिएको स्मारिकाको विमोचन समेत हुनेछ ।

आगमी डिसेम्बर ८ मा अब्बासिया स्थित रिदम हलमा मनाईने कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन आयोजकको तर्फबाट अनुरोध गरीएको छ ।

कार्यक्रम हुने :
मिति : डिसेम्बर ८, २०१७
स्थान : रिदम हल, अब्बासिया
समय : मध्यान्ह १२ बजे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )