Daily Archives: 05/12/2017

मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही


रमेशकुमार पौडेल
चितवन– मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मतपेटिका जोगाउन मुसालाई पासो


खेम बुढामगर
लिबाङ : सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले चांडै नै उद्योग/व्यवसायहरु संचालन गरी रोजगारी सिर्जना गर्ने


कुबेत नेपालडटकम
पोखरा, मंसिर १८बिगत चार बर्ष देखि स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामुहिक लगानीमा काठमाडौँमा स्थापना भइ मिडिया (स्याटेलाइट टेलिभिजन) सहित विभिन्न उद्योग/व्यवसायहरु सफलता पुर्बक सन्चालन गर्दै अगाडी बढी रहेको मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पढ्नेक्रम जारी राख्नुहोस्

तीनवटा किराती संस्थाहरुले एकैसाथ मनाउने उधौलीको सम्पूर्ण तैयारी पुरा, उपस्थितिको लागी चुलेनिम्तो


कोशराज राई/कुबेत

डिसेम्बर ४, कुवेत । लगभग एकै किसिमको संस्कार संस्कृति अवलम्वन गर्ने कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले एकैसाथ आगमी शुक्रबार मनाउने उधौली/ चासोक तङ्नाम/ रापवा श्यादर पीदार २०१७ को सम्पूर्ण तैयारी पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्