तामाङ घेदुङ कुवेतले अतिथी कलाकारको साथमा २८५४ खि ल्होछार मनाउने


युग लामा/ कुबेत

४ डिसेम्बर, कुवेत । विश्व भरिका तामाङहरुले मनाइने तामाङ समुदायको महान राष्ट्रिय सास्कृतिक पर्ब २८५४ खि ल्हो अर्थात २८५४ कुकुर बर्ष तामाङ घेदुङ कुवेतले पनि अतिथी कलाकारहरुको साथमा धुमधाम मनाउने भएका छ्न ।
गत शुक्रबार फर्वानिया स्थित शैलुङ्गे नेपाली होटेलमा तामाङ घेदुङ कुवेतको अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

१९ जनवरी, २०१८ शुक्रबारको दिन हवाली स्थित ब्वाइज स्काउट थेटर ( सेन्टर पोइन्ट ठिक अगाडि ) नेपालबाट आमन्त्रित अतिथी कलाकारद्वय म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार बरिस्ठ कलाकार हेम वाइबा र तामाङ तथा सेलो गायिका बबिता पाख्रिनको साथमा मनाउने भएको छ । साथमा तामाङ सास्कृतिक घेदुङ कुवेतको कलाकारहरुको पनि बेजोड साँस्कृतिक प्रस्तुती रहने छ ।

उक्त बैठकले सम्बर वाइबाको संयोजकत्वमा ल्होछार आयोजक उप समिति गठन गरी बिभिन्न बिभागिय जिम्मेवारीको बाँडफाट समेत गरेका छ्न । संयोजक – सम्बर वाइबा

उप संयोजक – राकेश मनाङथेन

कलाकार समन्वय – राम लामा

प्रचार प्रसार बिभाग प्रमुख – युग लामा

सास्कृतिक बिभाग प्रमुख – हिमाल लामा

आर्थिक बिभाग प्रमुख – वाङ्छु घिसिङ

हल ब्यबस्थापन प्रमुख – राम लामा

कार्यक्रममा तामाङ जातिको सस्कार सस्कृति, ताम्बा गीत, बौद्ध धर्म परम्परा अनुसार लामा गुरुहरुद्वारा पूजा पाठ तथा वाङ मोलम आशिर्वाद दिने साथमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत हुने घेदुङ कुवेतका महासचिब कृष्ण बहादुर सिङ्तानले जनाएका छ्न ।

कुवेतमा कृयाशिल बिभिन्न संघसस्थाहरु, अग्रज ब्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतबासी आम नेपालीहरुलाई उक्त दिन कुनै कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रममा उपस्थित भैइ कार्यक्रमलाई भब्यताकासाथ सफल पारिदिन हुन आयोजक समितिले हार्दिक अनुरोध समेत गरेका छ्न ।

कार्यक्रम

मिति – १९ जनवरी, २०१८ शुक्रबार

स्थान – ब्वाइज स्काउट थेटर हवाली (सेन्टर प्वाइन्टको ठिक अगाडि )

समय – ११ बजे बिहान

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )