कुवेतमा लाफा इन्भेष्टमेन्ट प्रा.लि.सँग अन्तर्कृया सम्पन्न, संयोजकमा मनु मगर


जय आले, कुवेत

०३ डिसेम्बर २०१७ । “एकता नै बल हो, ईमान्दारिता नै धर्म हो” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक समृद्धिका लागि नेपालमा स्थापना गरिएको लाफा इन्भेष्टमेन्ट प्रा.लि.सँग मगर सँघ कुवेतले गत शुक्रबारका दिन एक बृहत भेलाका साथ अन्तर्कृया कार्यक्रम गरेको छ ।

फर्वानियास्थित अल हाईतम रेष्टुरेन्टमा सम्पन्न गरिएको अन्तर्कृया कार्यक्रममा उपस्थित मध्ये ४४ जनाले लाफा ईन्भेष्टमेन्टमा शेयरको लागि नाम दर्ता गराएको मगर सँघ कुवेतले जनाएको छ ।

लाफा इन्भेष्टमेन्ट प्रा.लि.की केन्द्रिय अध्यक्ष चन्द्र ज्योती आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तर्कृया कार्यक्रममा उल्लेख्य रुपमा कुवेतवासी मगरहरुको उपस्थिती रहेको थियो । लाफा ईन्भेष्टमेन्ट प्रा.लि.मा एक जनाले १ देखी ५ शेयरसम्म मात्र लिन पाउने र एक शेयर बराबर १ लाख नेपाली रुपैया रहने बताईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.लि.की अध्यक्ष आलेले लाफा ईन्भेष्टमेन्ट नेपाल मगर सँघको केन्द्रसँग प्रतक्ष या परोक्ष रुपमा सरोकार राख्ने कम्पनी भएकोले “लाफा” नामांकरण गरिएको र नाम लाफा भए पनि यस प्रा.लि.मा देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो आर्थिक समृद्धिका लागी आवद्द रहन सकिने बताईन ।

बि.सं. १० कार्तिक, २०७३ मा नेपाल सरकारमा दर्ता भएको लाफा ईन्भेष्टमेन्ट प्रा.लि.मा नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, अमेरिका, ईजरायल, इटली, बरमुडा, कुवेत तथा युएई लगायतका देशहरुबाट लगानी रहने अध्यक्ष आलेले जनाएकी छिन ।

मगर सँघ कुवेतले प्रा.लि.की अध्यक्ष चन्द्र ज्योती आले मगरलाई दोसल्ला ओढाई मायाको चिनोले सम्मान गरेको थियो । अध्यक्ष चन्द्र ज्योति नेपाल मगर महिला सँघकी पुर्व अध्यक्ष, मगर सँघ हङकङकी पुर्व अध्यक्ष, नेपाल मगर सँघकी केन्द्रिय सदस्य तथा एशिया प्याथिपेशिक संयोजक एवं एक सफल गीतकार समेत हुन ।

अपरान्ह १२ बजेदेखी शुरु भएको भेटघाट तथा अन्तर्कृया कार्यक्रम बेलुकिको ०६ बजेसम्म चलेको थियो । मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंज्याली मगरको सभापतित्व रहेको कार्यक्रमलाई ३ चरणमा बिभाजन गर्दै प्रथम चरण पुर्व महासचिव जय आले, दोश्रो चरण महासचिव धन थापा र तेश्रो चरण दित्तिय उपाध्यक्ष बसन्त थापा मगरले सञ्चालन गरेका थिए ।

अन्तर्कृया कार्यक्रम सम्पन्न भएपछी बसेको सँघको बैठकले ईन्भेष्टमेन्टकी अध्यक्षसँगको भलाकुसारी पश्चात कुवेतको हकमा मगर सँघ कुवेतका प्रथम उपाध्यक्ष मनु भुजेल मगरलाई सर्वसहमतिले संयोजक चुनेको छ ।

मगर सँघ कुवेतको उक्त अन्तर्कृया कार्यक्रमलाई औपचारिक रुपमा सम्बोधन गर्न नेपाल मगर सँघका केन्द्रिय महासचिव तथा जनजाती अभियन्ता ज्ञानेन्द्र पुन मगर आउने भनिए पनि विविध कारणवश वहाँ कुवेत अवतरण हुन नसक्नु भएकोले अधिकांश बक्ताहरुले दु:ख व्यक्त गरेका थिए ।

जय आलेको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथी चन्द्र ज्योती आले, सभापति मित्र सिंज्याली, प्रथम उपाध्यक्ष मनु भुजेल, दित्तिय उपाध्यक्ष बसन्त थापा, महिला उपाध्यक्ष मधु मगर, सल्लाहाकार कुमार लुंगेली, सल्लाहाकार हिरा दर्लामी, सदस्य कृष्ण पुन, सदस्य जंगा घर्ती, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष माधव पौडेल, तमु समाज कुवेतका पुर्व अध्यक्ष अमर गुरुङ लगायतले आफ्नो बिचार राखेका थिए ।

कार्यक्रमको अन्त्यमा मगर सँघ कुवेतका कलाकारहरु मधु रेश्मी मगर, जंगा घर्ती मगर, सपना थापा मगर, देवी आले मगर लगायतले लोक दोहोरी तथा पञ्चेबाजा गीत गाएर सबैलाई मनोरञ्जन दिलाएका थिए । आयोजकले कार्यक्रममा उपस्थित सबैलाई जलपान तथा ओपन बुफे भोजनको व्यवस्था गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )