आदिवासी जनजाती महासंघ कुवेतले तेस्रो वार्षिकोत्सव मनायो


कोशराज राई / कुबेत

“पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो वार्सिकोत्सव हिजो कुबेत जिलिबस्थित अल हाईतम रेष्टुरेण्टमा सम्पन्न गरेको छ ।

तेस्रो वार्षिकोत्सव समारोहमा नेपालदेखी बिशेष अतिथि मगर संघ हङकङका पूर्वाध्यक्ष तथा लाफा ईन्भेस्मेन्ट प्रालीका अध्यक्ष चन्द्र ज्योती मगरको बिशेष उपस्थिति रहेको थियो ।कार्यक्रममा मगर संघ हङकङका पूर्वाध्यक्ष तथा लाफा ईन्भेस्मेन्ट प्रालीका अध्यक्ष चन्द्र ज्योती मगर,नेपाल तामाङ घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आलेमगर, किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई, किरात राई यायोक्खा कुवेतका पूर्वाध्यक्ष राजकुमार राई, भोजपुर सेवा समाज कुवेतका अध्यक्ष तथा परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक कोशराज राई, संघीय समाज कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ, ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुनबहादुर तामाङ, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका पूर्वमहासचिव बसन्त थापामगर लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

जनतातिहरुले मुद्दा उठाउने मात्र नभई त्यो मुद्दा कहाँ सम्म पुग्यो भन्ने कुरामा पनि ध्यान दिनु पर्छ: बिशेष अतिथि चन्द्र ज्योती मगर आफ्नो मन्तव्य राख्दै बिशेष अतिथि चन्द्र ज्योती मगरले हालसालै स्थानिय चुनावबाट चुनिएका र अबको प्रतिनिधि सभा तथा प्रदेश सभाबाट चुन्ने जन प्रतिनिधिहरुले आदिवासीहरुको आवाजलाई उठाउँछन् कि उठाउँदैनन् भन्ने कुराहरु प्रवासमा रहेका जनजातीहरुले घचघचाउनु पर्ने बताउनु भयो ।

वहाँले आदिवासी जनजातीहरु सांस्कृतिक रुपमा धनी भएपनि आदिवासी जनजातीहरु एक हुनु पर्छ भन्ने कुरा ब्यवहारमा नदेखिएको भन्दै आदिवासी जनतातिहरुले मुद्दा उठाउने मात्र नभई त्यो मुद्दा कहाँ सम्म पुग्यो भन्ने कुरामा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।बिशेष अतिथि मगरले लाफा ईन्भेस्मेन्ट मगर नामले खोलिएको भएपनि सबैको लागी खोलिएको भन्दै उक्त ईन्भेस्मेण्टमा लगानी गर्न कुवेवासी नेपालीहरुलाई बिशेष आग्रह समेत गर्नुभयो ।

महासंघका अध्यक्ष रमेश राई चट्याङको सभापतित्व तथा मगर संघ हङकङका पूर्वाध्यक्ष तथा लाफा ईन्भेस्मेन्ट प्रालीका अध्यक्ष चन्द्र ज्योती मगरको बिशेष आतिथ्यतामा सम्पन्न तेस्रो वार्षिकोत्सव समारोहको सन्चालन र महासंघको गतिविधि महासचिव अमृत तामाङले प्रस्तुत गरेका थिए । महासंघका कोषाध्यक्ष राजु गुरुङले महासंघको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

रुप गुरुङ, कुमार तामाङ र सुरु लिम्बूले आ-आफ्नो भाषाका गीतहरुमा नृत्य प्रदर्शन गर्दै मनोरन्जन प्रदान गरेको कार्यक्रममा बिशेष अतिथि मगरलाई आदिवासी जनजाती महासंघ कुवेतले दोसल्ला, सम्मान पत्र र खादा ओढाई सम्मान समेत गरेको थियो ।कार्यक्रमको समापन गर्दै सभापति रमेश राई चट्याङले कार्यक्रम सफल गराउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको अन्त्यमा रात्री भोज सहित कार्यक्रमको समापन भएको थियो ।

साभार : पदेशीखबर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )