कुवेतमा पाँचौ लुम्बिनी दिबस मनाइयो


कुबेत नेपालडटकम

हरि कृष्ण न्यौपाने-“भगवान गौतम बुद्दको जन्म स्थान नेपालको पवित्र स्थल लुम्बिनीनै हो” भनेर संसार भर प्रचार प्रसार गरेर मनाइदै आएको लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न भएको छ।लुम्बिनी समाज नेपाल-कुवेतको आयोजनामा कुवेतको जिलिब स्थित पपिन हालमा एक बिषेश कार्यक्रम गरी नोभेम्बर -३०, २०१७ बिहीवारका बेलुका कुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाइएको हो।

लुम्बिनी समाज नेपाल-कुवेतका बरिष्ट उपाध्यक्ष रमेश नेपाली(पाल्पाली)को सभापतित्व तथा नेपाली दुताबासका त्रितिय सचिब सुरेश अधिकारिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिब नेत्र प्रेमी मगरले सन्चालन गरेका थिए।

समाजका प्रथम उपाध्यक्ष अशोक वस्तीले उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए।उनले विश्वभर रहेका नेपालीहरुले र नेपालमा समेत सन २००७ देखीनै लुम्बिनी दिबस मनाउदै आएको र कुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाउदै गर्दा यसले गौतम बुद्द नेपालका होइनन् भन्ने बेलाबखतका झुटको खेतीलाई चिर्न सफल भएको बताए।त्यसै गरी पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, लालीगुरास सास्कृतिक परिवारका अध्यक्ष माधव पौडेल, सुदुर पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का, उक्त संस्थाकी निरू खड्का, एनआरएनए कुवेत महिला उपाध्यक्ष तथा समाजको सल्लाहकार सुमित्रा पौडेल,डोलराज न्यौपाने, समाजका संरक्षक एब पूर्व अध्यक्ष एच.पी. खत्री लगाएतले गौतम बुद्द,लुम्बिनी र लुम्बिनी समाज नेपाल कुवेतले कुवेतको नेपाली समाज तथा नेपालको बिभिन्न स्थानमा गरेको सहयोग तथा मानबिय कामहरुको प्रसंसा गरेका थिए।

कार्यक्रममा लुम्बिनीको प्रचार प्रसारका साथमा बिभिन्न आपत-बिपतमा परेकाहरुलाई साथ-सहयोग गर्दै कुवेतको नेपाली समाज आफ्नो राम्रो प्रभाब पार्न सफल लुम्बिनी समाज नेपाल कुवेतको पहिलो प्रस्तुती तथा अध्यक्ष रुपेन्द्र बिक्रम हमालको पारीकल्पनामा बनाइएको र छिट्टै भिडियो बनाइन लागिएको गीत”हाम्रो लुम्बिनी, राम्रो लुम्बिनी”लाई सार्वजनिक गरिएको थियो।प्रमुख अतिथी तथा नेपाली दुताबासका त्रितिय सचिब सुरेश अधिकारीले उक्त नयाँ गीतको भिडियोको सन्देशलाई अंग्रेजी रुपान्तरणमा पनि समाबेश गर्न र विश्वभरका मुलुकहरुलाई गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश पुर्याउन समेत सुझाब दिएका थिए।

कार्यक्रममा सुदुर पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष तथा गजल श्रजक अमर खड्काले गौतम बुद्द र लुम्बिनीको ’boutमा अत्यान्तै राम्रो गजल बाचन गरेका थिए।उक्त कार्यक्रममै सिन्धुपाल्चोक सेबा समाजले शुरु गरेको १५ बर्षिय अपाङ्ग निरोज नेपाली उपचार सहयोग अभियानका लागि उठेको ३७ केडी सहयोग प्रमुख अतिथीले सिन्धुपाचोक सेबा समाज कुवेतका संयोजक माधव पौडेललाई हस्तान्तरण गरिएको थियो।संरक्षक एब पूर्व अध्यक्ष एच.पी. खत्रीले कुबेत नेपालडटकम लाई जानकारी गरायको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w