कुबेत नेपालडटकम
२९ डिसेम्बर । झापाली समाज कुवैत को तेस्रो अधिबेशन तथा बनभोज कार्यक्रम कुवैत स्थित मिसिला बीच मा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
२९ डिसेम्बर । झापाली समाज कुवैत को तेस्रो अधिबेशन तथा बनभोज कार्यक्रम कुवैत स्थित मिसिला बीच मा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
सुरेश गुरुङ,कुबेत
कुवेत, डिसेम्बर २९-कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तमूहरु समुदायको सकृय जातिय संस्था तमु समाज कुवेतले आफ्नो महान मौलिक पर्ब तमू ल्होसार विभिन्न खेलकुद,साँस्कृतिक कार्यक्रम का साथ कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा हिजो शुक्र्बार २९ तारिक भव्यताका साथ मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन
पर्शुराम काफ्ले /काठमान्डुः- सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि गरेका डा. कृष्ण पौडेल बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हुन् । मध्यतराईको रणनीतिक बिन्दु मानिने यो उपमहानगरपालिकामा राष्ट्रिय गौरवका आयोजना, औद्योगिक करिडोर छन्, जसले देशकै आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । तराईको वीरगन्ज र भित्री मधेसको हेटौँडासँग जोडिएको जितपुर सिमरा उपमहानगर दक्षिण एसियाकै ट्रान्जिट हब र मेगासिटी बन्ने पूर्वाधार लिएर अस्तित्वमा आएको छ । यही उपमहानगरमा तीन दशकदेखि राजनीतिमा सक्रिय पौडेल नेतृत्वमा पुगेका छन् । उनी निर्वाचित भएको एक सय दिन पूरा भइसकेको छ । झन्डै सय दिनको अवधिमा उनले के कस्ता अनुभूति हासिल गरे ? आफूमातहतको उपमहानगरपालिकामा विकासका कस्ता सपना बुनिरहेका छन् ? सरकारी कामकाजका सिलसिलामा काठमाडौं आएका पौडेललाई नयाँ पत्रिकाका पर्शुराम काफ्लेले सोधे, उनले बताए:
प्रदेश नम्बर २ विशिष्ट ढंगले बनेको छ । हाम्रो प्रदेशमा ४८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । यहाँ पूर्वाधार विकासको कमी छ । भूगोल र जनसंख्याका हिसाबले सम्भावना छन् । तर, मानवीय र सामाजिक विकासका हिसाबले पछाडि छौँ । यही ठाउँमा जितपुर सिमरा उपमहानगरपालिका बनेको छ । मधेसी र पहाडी दुवै समुदायको उल्लेखनीय बसोवास रहेको ठाउँमा मेयर पदमा निर्वाचित भएर असोज पहिलो सातादेखि काम गरिरहेको छु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, अर्थतन्त्र, आँखीझ्याल, नेपाल समाचार, विविध
अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेताको जोड
शेखर अधिकारी
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेट भएको छ । दाहाल दिउँसो साढे १ बजे ओली निवास बालकोट गएका थिए । भेटमा दुवै नेताले नयाँ सरकार गठन, पार्टी एकीकरण र राष्ट्रिय सभा सम्बान्धि अध्यादेश’bout छलफल गरेका थिए नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटबार्ता भएको हो। दाहाल तीन दिन चितवनमा भएकाले भेट भएको थिएन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुबेत नेपालडटकम
तमू ल्होसार-२०१७ का अबसरमा आगामी डिसेम्बर-२९, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०१७”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
शम्भु कट्टेल
काठमाडौं : गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ । मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
आकाश शेर्पा कुबेत
डिसेम्बर २५, कुवेत । नेपाली ख्रीष्टियन चर्च कुवेतको आयोजनामा हरेक वर्ष मनाईने ख्रीष्टियन धर्मावलम्बीहरुको महान पर्व ख्रीष्टमस अर्थात ख्रीष्ट जन्मोत्सव २०१७ नेपालबाट आमन्त्रित कलाकार राजेश राईको साथ मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
दुर्गा खनाल
काठमाडौँ — राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे । तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, दाहाललाई यो कुरा राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि त्यसै दिन साँझ अध्यादेशदेखि पार्टी एकतासम्मका विषयमा छलफल गर्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने कुरा थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार